दक्षिण कोरियाका विशेषदूत र उत्तर कोरियाली नेताबीच भेटवार्ता

दक्षिण कोरियाका विशेषदूत र उत्तर कोरियाली नेताबीच भेटवार्ता
+
-

सोल-उत्तर कोरिया पुगेका दक्षिण कोरियाली राष्ट्रपतिका विशेषदूत र उत्तर कोरियाका नेता किम जोङ उनबीच सोमबार भेटवार्ता भएको समाचार छ।

पछिल्लो समयमा केही सुधार आएको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पुर्‍याउने प्रयासस्वरुप दक्षिण कोरियाली राष्ट्रपतिले सोमबार आफ्ना विशेषदूतलाई उत्तर कोरिया पठाएको बीबीसीले जनाृएको छ।

उत्तर र दक्षिण कोरियाबीच आगामी केही दिनमा वार्ताको वातावरण तयार पार्न विशेषदूत त्यहाँ पुगेका दक्षिण कोरियाले बताएको छ । त्यस्तै उत्तर कोरियाले सो भेटवार्तालाई महत्वपूर्ण भनेको छ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाई–इनका विशेषदूतका रूपमा सोमबार उत्तर कोरिया पुगेका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख युइ–योङले उत्तर कोरियाली नेता किम जोङ उनसँग सोमबार साँझ भेटवार्ता गरेका हुन।

साथै सोमबार उहाँ उत्तर कोरियाली नेता किम जोङ उनद्वारा आयोजित रात्रिभोजमा पनि सहभागी भएको दक्षिण कोरियाका राष्ट्रपतिका प्रवक्ता किम इयु क्योमले मङ्गलबार बिहान गरेको पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रवक्ता किम यो क्युमले भने, ‘सोमबार नै उत्तर कोरिया पुगेका विशेषदूत नेतृत्वको भ्रमण दलले सो भेटवार्ता गरेको छ।उक्त भ्रमण दलमा दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुख सहित दश जना सदस्य रहेका छन्।

सोमबार नै उक्त प्रतिनिधिमण्डलले उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको थियो।सो कुराको पुष्टी उक्त पत्रकार सम्मेलनका क्रममा प्रवक्ता क्योमले गरे।

साथै प्रतिनिधिमण्डलले उत्तर कोरियाली नेता किमलाई भेटगरी आवश्यक परामर्श गर्नुका साथै पछिल्लो समयमा विकसित भएको सम्बन्ध सुधारका केही कार्यक्रमहरूमा थप बल पुर्‍याउने काम गर्ने पनि दक्षिण कोरिया सरकारले जनाएको छ।

करिब एक दशकपछि पहिलो पटक उत्तर कोरिया पुगेका यति उच्चतहका अधिकारी र नेता उनबीच उक्त भेटवार्ताका क्रममा दुई कोरियाबीच आगामी दिनमा गर्न लागेको भनिएको उच्चस्तरीय बैठकका बारे कुराकानी भएको बताइएको छ।

के विषयमा कुराकानी भयो भन्‍नेबारेमा विस्तृत रुपमा नबताइएको भए पनि आसन्न उच्च बैठकका बारेमा उहाँहरुबीच कुारकानी भएको उत्तर कोरियाली समाचार समिति, केसिएनएले जनाएको छ।

तर उत्तर कोरियाको समाचार समिति, केसिएनएले उक्त भ्रमण र भेटवार्ताहरु सकारात्मक रुपमा अघि बढेका जनाएको छ। उक्त प्रतिनिधिमण्डललाई उत्तर कोरियाका नेता उनले न्यानो स्वागत गर्नुभएको पनि सो समितिले जनाएको छ।

त्यस्तै दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले दिएको जानकारीअनुसार सो भेटघाटले आगामी दिनमा यी दुई देशका उच्चस्तरीय अधिकारीबीचको बैठकका लागि वातावरण निर्माण गरेको जनाएको छ।

हालैमात्र पनि उत्तर कोरिया दक्षिण कोरियासँग विनाशर्त वार्ता गर्न इच्छुक रहेको कुरा बाहिर आएको थियो । त्यस विषयमा दक्षिणको पनि सकारात्मक नै प्रतिक्रिया बाहिर आएको थियो।

यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ।

यस खेलकूदको आयोजना पछि यी दुई देशका बीचमा गएको करिब चार वर्षपछि पहिलो पटक उच्चस्तरीय प्रतिनिधिमण्डहरुबीच यस किसीमको भेटवार्ता सुरु भएको छ।

यी पछिल्लो समयमा जारी रहेका दुवै देशका उच्च अधिकारीहरुको भ्रमणको आदानप्रदानबाट पनि यी दुई देशबीच सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?