
विर्तामोड- मनाङ मर्स्याङदी क्लब काठमाडौं तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। टाइ ब्रेकरमा मनाङलेले सहारा क्लब पोखरालाई ४-३ गोल अन्तरले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो।
निर्धारित समयमा खेल गोल रहित बराबरीमा पुगेपछि अन्तिम निर्णयका लागि टाइ ब्रेकरको सहारा लिनु परेको थियो।
विर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी उक्त गोल्डकप प्रतियोगिताको मंगलबारको खेलको शुरुवातदेखि नै सहारा मनाङको दबाबमा थियो।
मनाङले उक्त मौका पहिलो हाफको अन्तसम्म बारम्बार चुकाएको थियो। पहिलो हाफसम्ममा दुवैतर्फबाट कुनै गोल हुन सकेन। दोस्रो हाफमा पनि सहाराले पाएको केही मौका गोलमा परिणत हुन सकेन। मनाङका खेलाडीका कैयौं पटक गोल गर्न चुकेका थिए।
मंगलबारको खेलको म्यान अफ द म्याच मनाङका अञ्जन विष्ट घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। बुधबारको खेल रमपम झापा ११ र भारतको सिक्किम युनाइटेड क्लब विच हुने आयोजकले जनाएको छ।
सम्बन्धित समाचार