नेपाल र भारतका पुल थिए साहित्यकार राई

नेपाल र भारतका पुल थिए साहित्यकार राई
+
-

विर्तामोड- साहित्यकार इन्द्रबहादुर राईको निधनले नेपाली साहित्यले नेपाल र भारतको सेतु गुमाएको नेपाली साहित्यकारहरुले बताएका छन्। उनले भारतको दार्जीलिङमा बसेर नेपालीलाई साहित्यमा दिएको योगदान अतुलनीय रहेको साहित्यकारहरुको भनाइ छ।

उनी आयमेली लेखक थिए। उनी समकालिन साहित्यका चिन्तक थिए। उनले इलामको करफोकमा पनि आएर केही समय पढाएको स्मरण गर्छन् साहित्यकार तथा पत्रकार चन्द्र भण्डारी। उनले भने, ‘साहित्यमा त्यतिको चिन्तक मैले कमै देखेको छु। उहाँको निधनले नेपाली साहित्य क्षेत्रमा अपुरणीय क्षति भएको छ।’

साहित्यकार पूण्यप्रसाद खरेलका अनुसार उनी नेपाली साहित्यमा नयाँ प्रयोग भित्र्याउने एकजना विद्वान थिए। ‘तेस्रो आयाम’, ‘लीला लेखन’ जस्ता नयाँ प्रयोग उनैले नेपाली साहित्यमा भित्र्याएको खरेलले बताएका छन्। पश्चिमेली साहित्यको अध्ययन गरेर नेपाली साहित्यलाई नयाँ रुप दिन उनी पर्थे। खरेलले भने, ‘नेपाली साहित्यको एउटा ठूलो खम्बा ढल्यो।’

साहित्यकार राई अत्यन्त धैर्यवान थिए। उनी भारतमा बसोबास गरेर नेपाल र नेपालीको मन बुझ्ने उनी एकमात्र साहित्यकार भएको भण्डारी बताउँछन्। जुनबेला नेपालमा सशस्त्र संघर्ष चल्दै थियो त्यो बेला उनी अत्यन्तै चिन्तित देखिन्थे। उनी नेपालीविचको जातीय कुरा मन पराउँदैनथे।

साहित्यकार राई लीला लेखनका प्रणेता पनि थिए। कथा, निवन्ध, उपन्यास, समालोचना तथा नाटकमा उनको कलम चल्थ्यो। उनी साहित्य एकादेमी पुरस्कार पाउने पहिलो नेपाली साहित्यकार पनि थिए। उनी भारतमा गोर्खाहरुको छुट्टै स्वायत्त राज्य गोर्खाल्याण्ड चाहिन्छ भन्ने साहित्यकारहरुमध्ये अग्रपंक्तिमा थिए।

उनको ९० वर्षको उमेरमा मंगलबार साँझ दार्जिलिङमा निधन भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?