प्रहरी आफै ग्राहक बनेपछि विचौलिया फन्दामा , मुद्धाका विषयमा प्रहरी अन्योल

प्रहरी आफै ग्राहक बनेपछि विचौलिया फन्दामा , मुद्धाका विषयमा प्रहरी अन्योल
+
-

काठमाडौं– विभिन्न सरकारी कार्यालयमा विचौलिया सक्रिय भएको विषय निकै पुराना हो। त्यसमा पनि बैदेशिक रोजगार विभागका श्रम कार्यालयमा विचौलिया छ्यापछ्याप्ती भेटिन्छन्।

सरकारी कर्मचारीकै सेटिङमा विचौलियाले सेवा ग्राहीसँग मोटो रकम असुल्ने गरेको पाईएको छ।

यस्तो स्थितीमा काठमाडौं प्रहरी परिसर नेतृत्वको टोलीले बुधबार सोल्टिमोडस्थित श्रम कार्यालयमा ‘स्टिङ अप्रेसन’ गरी ५० जनालाई नियन्त्रणमा लिएको छ। सादा पोसाकमा प्रहरीको सात वटा टोली विचौलियालाई नियन्त्रणमा लिन त्यहाँ खटिएको थियो।

प्रहरी आफै सेवाग्राही बन्दै विचौलियालाई नियन्त्रणमा लिन सफल भएका हुन्। ‘हामीसँग कुरा बुझ्न आएका विचौलियालाई एउटा रेस्टुरेन्टमा लग्दै जम्मा ग¥र्यौ जसले गर्दा हाम्रो अप्रेसनबारे अन्य विचौलियालाई पत्तै भएन’, अप्रेसनमा खटिएका एक प्रहरी भन्छन्।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले छानबिन गरेर मुद्धा चलाइने ब्यक्तिको टुंगो लगाइने बताए। ‘हामीले नियन्त्रणमा लिएकामध्ये केही निर्दोष पनि पर्न सकेका हुन्छन् । त्यसैले छानबिन गरेर ककसलाई छाड्ने भन्ने निर्णय गरिने छ’,एसएसपी पोखरेलले भने।

प्रहरी नियन्त्रणमा लिईएका विचौलियालाई के मुद्धा चलाउने भन्नेमा अन्योलमा देखिएको छ। ‘उनीहरुले ठगी गरिरहेको सबैलाई थाहा छ तर प्रमाणले त्यो पुष्टि गर्न गाह्रो हुन्छ। त्यसैले सार्वजनिक मुद्धा चलाउने सम्भावना बलियो छ’, परिसरका एक प्रहरी अधिकृतले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?