आयोजक झापा अन्तिम चारमा

आयोजक झापा अन्तिम चारमा
+
-

विर्तामोड- रमपम झापा ११ विर्तामोडमा जारी तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार डोमालाल रंगशालामा भएको क्वार्टर फाइनल खेलमा भारत सिक्किमको युनाइटेड फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै झापाले सेमी फाइनलको यात्रा तय गरेको हो।

खेलको शुरुवातदेखि नै झापाप्रति आक्रामक बनेको थियो, सिक्किम युनाइटेड। खेलको १६ औं मिनेटमा सिक्किम युनाइटेडका मायल डोक लेप्चाले पहिलो गोल गरेका थिए। झापाका किप्पर विट भएपछि उनले गोल गर्ने मौका पाए ।

झापा गोल्डकपको अन्तिम चारमा मनाङ

खेलको २४ ‌औं मिनेटमै झापाका विश्वास श्रेष्ठको क्रसमा खमिर गिल्सन कन्दङवाले शानदार गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए। पहिलो हाफको अन्त्य तिर झापाका विश्वास श्रेष्ठको क्रसलाई सिक्किमका जिग्मे दोर्जी भुटियाले टच गर्दा आत्मघाती गोल हुन पुग्यो। पहिलो हाफसम्ममा झापा २-१ ले अगाडि रह्यो।

दोस्रो हाफमा झापा तथा सिक्कमका तर्फबाट बारम्बार प्रहारको प्रयास भए पनि गोल हुन सकेन।

बुधबारको खेलको म्यान अफ द म्याच झापाका विश्वास श्रेष्ठ घोषित भए। उनले २५ हजार नगद पुरस्कार प्राप्त गरे। विहिबार अन्तिम क्वाटर फाइनल खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबविच हुने आयोजकले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?