भारत-चीन ‘सौहार्दता’ र नेपाल

भारत-चीन ‘सौहार्दता’ र नेपाल
+
-

दक्षिण एसियामा विगत ११ वर्षमा क्रमशः आफ्नो प्रभाव देखिने गरी बढाउँदै गएको चीनको प्रभुत्वलाई रणनीतिक रुपमै भए पनि भारतले स्वीकारेको छ, पहिलो पल्ट ।

फागुन १४ गते भारतका मन्त्रिपरिषद अन्तर्गतका सचिव (क्याबिनेट सेक्रेटरी) ले एउटा परिपत्र जारी गरी केन्द्र र प्रान्तका महत्वपूर्ण पदमा रहेका व्यक्तिहरुलाई तिब्बतका निर्वासित नेता तथा धर्मगुरु दलाई लामाका कार्यक्रममा सामेल नहुन निर्देशन दिएका छन् ।

सन् १९५९ देखि भारतमा निर्वासित रहँदै आएका दलाई लामाले आफू र तिब्बतीलाई ६ दशकदेखि दिइँदै आएको आतिथ्यका लागि धन्यवाद दिन ‘थ्यांक यू इन्डिया’ को कार्यक्रम चैत १८ मा आयोजना गर्ने तयारी भई रहँदा भारतीय प्रशासनिक निकायको र प्रत्यक्ष रुपमा प्रधानमन्त्रीको निर्देशनमा सन्चालित निकायबाट यस्तो सर्कुलर जारी हुनुको अर्थ हो भारतले चीनसँग ‘टकराव’ को नीति त्यागेको छ ।

र बढ्दो रुपमा आफ्नो प्रभाव गुमाउँदै गएको भारतबारे छिमेकमा अनेक अड्कलबाजी हुनेछन् । साथै त्यही अनुपातमा यसलाई दक्षिण एसियामा चीनको प्रभाव बढेको रुपमा पनि हेरिने छ । यथार्थ जे भए पनि यो अवधारणाले आगामी दिनमा भारत कमजोर भएको मानिने छ, छिमेकमा ।

दलाई लामाप्रति भारतको बदलिएको नीति पक्कै पनि चीन निरपेक्ष छैन । डोक्लमबारे दुई देशबिच विवाद उत्पन्न हुँदा भारतको विदेश मन्त्रालयको नेतृत्व र नीति निर्माण तहका केही अवकाश प्राप्त कुटनीतिज्ञले भारतले आक्रामक कुटनीति अपनाएमा चीन आफै पछि हट्ने निष्कर्श निकालेका थिए, यद्यपी मोदी सरकारले त्यो सुझावलाई स्वीकारेन ।

जनवरीको अन्तिम सप्ताहमा विदेश सचिवको जिम्मेवारी सम्हालेका विजय गोखलेकै पहलमा अहिले दलाई लामा सम्बन्धी नीति परिवर्तन भएको मानिन्छ । चीनमा राजदूत समेत रहेका गोखलेलाई व्यवहारिक कुटनीतिसँगै चीनले छिमेकमा आदर र सदासयता हाँसिल गर्नुको अर्थ बुझेका छन् ।

भारत सरकारको परिपत्र गोखलेको चीन भ्रमणको केही दिनपछि नै जारी भएको थियो । र त्यसअघि नेपाल र भुटान पनि गएका थिए गोखले । अर्थात छिमेकमा भारत बारेका अवधारणाबारे आफ्नै तहबाट उनले अध्ययन गरिरहेका छन् ।

चीनलाई जसरी छिमेकका नेपाल लगायत मुलुकलाई देखिने गरी रिझाउने आवश्यकता भारतले नदेख्ला, अझै पनि । तर, भारतको एकल प्रभाव क्षेत्रमा सम्भवत दक्षिण एसियाका कुनै पनि मुलुक नरहने सम्भावनालाई वेवास्ता गर्न नमिल्ने निष्कर्शमा भने भारत अब पुगिसकेको देखिन्छ ।

चीनलाई नचिढ्याउने यो नीति भारतले अवलम्बन गरे लगत्तै दक्षिण एसियामा उसको (चीनको) सबभन्दा निकट रणनीतिक साझेदार पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासी अनायस रुपमा नेपाल आए अति सक्रिय (प्रो-एक्टिभ) कुटनीति अगाडि बढाउने र रक्षा लगायतका क्षेत्रमा नेपालसँग सम्बन्ध विस्तार गर्ने घोषणाका साथ ।

नेपालमा सरकार गठन लगायतमा चीनको हात रहेको अड्कल बाजी हुन थालेको छ भारतीय सञ्चार माध्यममा । र त्यो पृष्ठभूमिमा अब्बासीको २० घण्टाको नेपाल यात्रालाई चीनसँग निरपेक्ष राखेर हेरिने छैन भारतमा ।

देखिने गरी, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको अड्किएको शिखर सम्मेलन गर्ने प्रकृया अगाडि बढाउन नेपालका प्रधानमन्त्री केपी ओली र अब्बासी दुवै राजी भएका छन् ।

घट्दो प्रभाव या हैसियतलाई ध्यानमा राख्दै सम्भवत भारत सार्कलाई निष्कृय या प्रभावहीन बनाउनेतर्फ लाग्ने छैन । अथवा संस्थागत रुपमा या त सार्क विखण्डनतर्फ जाने छ या क्षेत्रीयस्तरमा बहुसंख्यक राष्ट्रले अर्को विकल्प निर्माणको प्रयाश थालनी गर्न सक्नेछन् ।

यी सबै गतिविधिमा नेपाल बैठक डामिएला ? झट्ट हेर्दा, भारत, पाकिस्तान र चीनले नेपालको वर्तमान सरकारलाई सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सुष्मा स्वराज र अब्बासी एकै शैलीमा नेपाल आए, ओलीलाई बधाई दिन । चीन त नीति र परम्परागत रुपमा नेपालको आन्तरिक राजनीतिमा सामेल नहुनुका साथै उसको स्वतन्त्रता र सार्वभौमसत्ताको प्रवल हिमायती रहँदै आएको छ ।

तर भारतले १२ बुँदे मार्फत नेपालको आन्तरिक राजनीतिको कारकका रुपमा स्थापित बन्न पुगेको छ, नेपालमा । नाकाबन्दी पछि उसको लोकप्रियता घटेको छ ।

करण सिंह–श्यामशरण प्रकरणपछि राजा, त्यही प्रकरणमा माओवादीका एजेण्डालाई बिना शर्त स्वीकार गर्न बाध्य पारिएको नेपाली कांग्रेस, नाकाबन्दीपछि एमाले र पहिला संविधानलाई अस्वीकार गर्न उक्साइएको राष्ट्रिय जनता पार्टी अहिले त्यही संविधान स्वीकार गर्न बाध्य पारिए पछि मधेस केन्द्रित उक्त दल समेत भारतसँग त्रस्त छन् । भारतको मित्र शान्ति या संस्था को त नेपालमा ?

त्यसैले आगामी केही समय अर्थात उसले विवेक र व्यवहारसम्मत तरिकाबाट नेपाल नीतिको समीक्षा र त्रुटी सच्याउने काम गरेन भने भारतको भूमिका नेपालमा २०६३ वैशाख पूर्वको चीनको जत्रो हुनेछ, यद्यपी चीनले त्यसबेला अपनाएको व्यवहार आफ्नो अहस्तक्षेपकारी नीतिकै कारण थियो ।

नेपालमा राजनीतिक अस्थिरता भारतसँगै पश्चिमा मुलुकको हस्तक्षेपका कारण थियो मुख्यरुपमा । त्यो अस्थिरताकै कारण चीन नेपालमा र त्यस्तै विविध कारणले दक्षिण एसियामा भित्रिएको हो ।

चीनलाई नचिढ्याउने भारतको हालको नीतिपछि नेपाल लगायत अन्य मुलुकको पक्षमा र विरोधमा चीनसँग सहकार्य गर्‍यो भने त्यसले भारतलाई मद्दत पुर्‍याउनेछ निक्कै हदसम्म ।

नेपालमा चीन र भारतबिच सहयोग, प्रतिस्पर्धा र द्वन्द्वका अंश छन्, उनीहरुको नीतिमा । उनीहरुबिच द्वन्द्वको नीति कम हुन जाँदा सहयोग र प्रतिस्पर्धा बढ्नुले मुलुकलाई घाटा पुर्‍याउने छैन ।

तर भारतको मध्यस्ततामा दबाब र निर्देशनमा आएको राजनीतिक परिवर्तन र अनिश्चिततालाई नेपाली जनताले र निर्देशित राजनीतिक शान्ति र नेताहरुले समीक्षा गर्नु पर्ने हुन्छ स्थायी शान्ति, विपक्ष र समीक्षाका लागि। यो निर्वाचन वर्तमान राजनीतिक समीकरण र सत्ताले मात्र त्यत्रो स्थायित्व सुनिश्चित गर्ने छैन ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’