प्रदेशस्तरीय क्रिकेटको उपाधि सुर्खेतले जित्यो

प्रदेशस्तरीय क्रिकेटको उपाधि सुर्खेतले जित्यो
+
-

सुर्खेत– कर्णाली प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ।

शनिबार भएको फाइनलमा रुकुमलाई तीन विकेटले पराजित गर्दै सुर्खेतले पहिलो कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको हो।

फाइनल खेलमा टस जितेर रुकुमले पहिले ब्याटिङ गर्दै एक सय १२ रन जोड्यो। दिनेश पुनले सर्वाधिक ५७ र महेश विष्टले १८ रनको योगदान गरे। बलिङतर्फ सुर्खेतका ललित प्याकुरेलले ४ विकेट लिन सफल भए।

एक सय १३ रनको लक्ष्य सुर्खेतले १८ औं ओभरमा ७ विकेट गुमाएर भेटयो । सुर्खेतका लागि निश्चल रावलले २९ र सन्देश रावतले २४ रनको योगदान दिए । उक्त खेलको म्यान अफ दि म्याच सुर्खेतका ललित प्याकुरेल भए ।

प्रतियोगिताको म्यान अफ दी सिरिज सुर्खेतका रविन्द्रजंग शाही भए । त्यसैगरी उत्कृष्ट बलर रुकुमका विवश गिरी र उत्कृष्ट ब्याटस्म्यान सुर्खेतका निश्चल रावल भएको सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए ।

सुर्खेतले प्रतियोगिताभर अपराजित हुँदै उपाधि जितेको हो । सुर्खेत जिल्ला क्रिकेट संघले आयोजना गरेको पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय प्रतियोगितामा कर्णाली प्रदेशका ६ जिल्लाको सहभागिता रहेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?