उपचारको क्रममा सुत्केरीको मृत्यु

बच्चा जन्माएपछि लगातार दुई शल्यक्रिया, आफन्त भन्छन्, डाक्टरको लापरवाही

बच्चा जन्माएपछि लगातार दुई शल्यक्रिया, आफन्त भन्छन्, डाक्टरको लापरवाही
+
-

पोखरा – पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक सुत्केरीको उपचारका क्रममा ज्यान गएको छ । कास्कीकै निर्मलपोखरीकी ३२ वर्षकी धनमाया पोख्रेलको आइतबार बिहान ६ बजे ज्यान गएको हो ।

शुक्रबार सामान्य रुपमा छोरा जन्माएकी उनको रक्तस्राव भएकाले अप्रेशन गरिएको थियो । त्यसपछि पनि रक्तस्राव नरोकिएपछि शनिबार बिहान उनको दोस्रोपटक अप्रेशन गरिएको थियो ।

‘दिदीको सामान्य डेलिभरी भएको थियो । अप्रेशन पछि त दिदी र भान्जालाई घर लिएर जाउँला भनेको आज बिहान डाक्टरले दिदीको मृत्युको खबर सुनाए ’ भाइ रमेशले भने ‘यो डाक्टरको लापरवाही हो ।’

अस्पतालले भने अत्याधिक रक्तस्रावका कारण सुत्केरीको ज्यान गएको बताएको छ । सामान्य सुत्केरी भएको र पाठेघर सुन्निएकाले पहिलोपटक शल्यक्रिया गर्नु परेको अस्पतालको भनाई छ ।

त्यसपछि पनि रक्तस्राव नरोकिएकाले फेरि शल्यक्रिया गरिएको तर सुत्केरीलाई बचाउन नसकिएको डाक्टरले बताएका छन् ।

धनमायाको २०७२ जेठमा विवाह भएको थियो । उनको यो पहिलो बच्चा हो । बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

आफन्तजनले अस्पतालकाका डाक्टरको लापरबाहीका कारण धनुको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले शव बुझ्न मानेका छैनन् । लापरबाहीले नै धनमायाको मृत्यु भएको भन्दै त्यसको छानबिनको माग आफन्तले गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?