सुत्केरी मृत्यु प्रकरण

अस्पताल प्रशासनले शिशुको जिम्‍मा लिएपछि आफन्तले शब बुझे

अस्पताल प्रशासनले शिशुको जिम्‍मा लिएपछि आफन्तले शब बुझे
+
-

पोखरा- पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएकी सुत्केरी धनुमाया पोखरेल लामिछानेको विषयमा अस्पताल प्रशासन र पीडित आफन्तबीच भएको बार्तामा पीडित पक्षलाई राहात दिने सहमति भएपछि आफन्तले शब बुझेका छन्।

दिउँसो १२ बजे अस्पताल प्रशासनमा बसेको द्वीपक्षिय वार्तामा पीडित पक्षले आफ्ना केही माग सहित अस्पतालका निर्देशक डा. अर्जुन आर्चायलाई ज्ञापन पत्र बुझाएका थिए। अस्पताल प्रशासनले सोहि विषयमा माथि छलफल गरी पीडितलाई राहत दिने सम्झौता भएपछि आफन्तले शव बुझेका हुन्।

सहमति अनुसार उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई छानबीनको दायरामा ल्याउने र सो को लागि जिल्ला प्रशासनकार्यालयले छानबीन समिति गठन गर्ने बताइएको छ। घटनामा दोषी पाइएमा लापरबाही गर्ने स्वास्थ्य कर्मीलाई कारबाही गरीने बताइएको छ।

त्यसैगरी सोही अस्पतालमा उपचाररत मृतकका श्रीमान छविलाल लामिछानेको सम्पूर्ण खर्च मानवीयताको आधारमा मिनाहा गर्न साथै मृतक धनुमायाको उपचार हुँदा लागेको सम्पूर्ण खर्च पनि मिनाहा गर्ने सहमति भएको छ।नवजात शिशुको १६ वर्षसम्म सोही अस्पतालमा उपचार नि:शुल्क गर्ने र बच्चाको रेखदेख र स्याहार सुसारकोलागि उचित प्रबन्ध गर्ने सहमति भएको मृतक धनुमायाका भाई रमेश पोखरेलले जनाए।

सामान्य अवस्थामा बच्चा जन्माएकी धनुमायाको रक्तस्राब नरोकिए पछि लगालग दुई चोटि शल्यक्रिया गरिएको थियो। त्यसपछि पनि रक्तस्राब नरोकिएपछि सोहि कारण उनको ज्यान गएको थियो।

क्षेत्रीय अस्पतालका निर्देशक डा.अजुर्न आचार्य, डा. रबी रेग्मी, डा. निरज दुबे पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन नरेन्द्र विक्रम गुरुङको सहभागिता रहेको सो बार्ता समितिले पीडितलाई क्षतिपूर्ति सहित आगामी दिनमा यस्ता घटना प्रति संवेदनशील हुँदै कुशल ब्यवस्थापनमा ध्यान दिने बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’