यात्रु बचाउन हामी लप्काको पर्वाह नगरी आगोभित्र छिर्‍यौँ

+
-

काठमाडौं- आइतबार दिउँसो त्रिभुवन विमानस्थलमा भएको युएस बांग्ला विमान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ। विमानमा सवार ६७ यात्रु र चार जना चालक दलका सदस्यमध्ये केही उपचार गरेर घर फर्किसकेका छन् भने बाँकीको उपचार भइरहेको छ।

‘पहिलो पटक घटनास्थलमा पुग्दा विमानभित्र कोही पनि जिवितै नरहेको हाम्रो अनुमान थियो। विमान आगोमा डुबिरहेको थियो,’ विमान दुर्घटना भएको १० मिनेटपछि घटनास्थल पुगेका विमानस्थलमा रहेको सेनाको कालिबहादुर गणका कर्णेल पुरन घले भन्छन्।

दुर्घटना भएको पाँच मिनेटमै आर्मीको टोली त्यहाँ पुगेको थियो। घटनास्थलको करिब चार सय मिटर नजिकै आर्मीको टोली परेड खेलिरहेकाले उनीहरु तत्कालै त्यहाँ पुगेका थिए। त्यसपछि गल्फ क्लब साइडमा रहेको ब्यारेकका आर्मी गणको ठुलो टोली त्यहाँ पुग्यो।

‘उद्धारमा आर्मीबाट मात्र करिब सात सय जना थिए’, कर्णेल घले भन्छन्। फायर फाइटर, प्रहरी, आर्मी लगायतको टोलीको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो। घटनास्थलमा आर्मी पुगेको करिब २० मिनेटपछि मात्र विमानभित्रबाट पहिलो यात्रु निकालिएको थियो। २०/२१ वर्षकी ती महिला बंगलादेशी थिइन्।

तर ती महिलाको विमानभित्रै निधन भइसकेको थियो। ती महिलाको एउटा खुट्टा बांगिएर अररो भएको थियो। ‘हामीले प्राथमिक उपचारको प्रयास गरे पनि ती महिलाको मृत्यु भइसकेको थियो’, घलेले सम्झिए।

आगो जताततै बलिरहेको र इन्धनमा आगो पर्न सक्ने सतर्कता पनि अपनाउनुपर्ने भएकाले उद्धार समयमै गर्न नसकिएको घलेको भनाइ छ।

‘टाढैबाट फोहोरा हान्न सक्ने दमकल र फायर फाइटरको अभाव महसुस गरिएकै हो। यदि त्यसो हुन्थ्यो भने आगो चाँडै नियन्त्रणमा लिएर उद्धार सुरु गर्न सकिन्थ्यो’, उनी भन्छन्।

भिडियो: बर्षा शाह

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?