मजदुर हड्तालका कारण पूर्वमा पेट्रोलियम अभाव, निगम भन्छः लक लगाएरै छाड्छौं

मजदुर हड्तालका कारण पूर्वमा पेट्रोलियम अभाव, निगम भन्छः लक लगाएरै छाड्छौं
+
-

विर्तामोड- लकिङ सिस्टमको विरोधमा उत्रिएका ट्यांकर मजदुरको हड्तालका कारण पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ। विगत दुई दिनदेखि भारतको सिलिगुडी डिपोबाट पेट्रोलियम पदार्थको आपूर्ति नभएकाले पेट्रोल तथा डिजेलको अभाव भएको हो।

ट्यांकर मजदुरले नेपाल आयल निगमले भारतको सिलिगुडी डिपोबाट पेट्रोलियम पदार्थ ल्याउने ट्यांकरमा ताल्चा लगाउने काम शुरु गर्ने भनेपछि हड्ताल जारी राखेका हुन्। बुधबार लकिङ प्रणालीको शुरुवात गर्न निगमका पदाधिकारी भारतको सिलिगुडी पुगे पनि मजदुरले कुनै पनि ट्यांकर उपलब्ध गराएनन्। मजदुरले विराटनगर डिपोबाट आएका ट्यांकरलाई समेत पूर्व आउन अवरोध गरेका छन्।

मजदुरले लकिङ गर्ने प्रणालीका बारेमा आफूहरुसँग समन्वय नगरेको भन्दै आपत्ति जनाएका छन्। उनीहरुले आफूहरुसँग निगमले गरेको १२ बुँदे सहमति कार्वान्वय नगरेकाले हड्तालमा उत्रेको बताएका छन्। मजदुर संगठनको ट्यांकर इकाइ समितिका अध्यक्ष तोपप्रसाद दुलालले भने, ‘हामीसँग गरेको सहमति कार्यान्वयन नगर्ने तर निगममा काममा हामीले सहमति जनाउनुपर्ने भएकाले बाध्य भएर हड्तालमा उत्रनु परेको हो।’

आयल निगमका पदाधिकारीहरुले पटकपटक आग्रह गर्दा पनि मजदुर मानेका छैनन्। तर अब पेट्रोलियम पदार्थ लिन भारत जाँदा ट्यांकरमा लक लागेरै नेपाल पेट्रोलियम पदार्थको ढुवानीको व्यवस्था मिलाइएको निगमका प्रवक्ता विरन्द्र गोइतले जानकारी दिए। गोइतले भने, ‘यो प्रणाली यहाँमात्र होइन देशैभर लागु गर्दैछौं। उहाँहरुको विरोधको कुनै अर्थ छैन।’

निगमले लकिङ प्रणाली मजदुरको पनि सुरक्षा भएको बताएको छ। निगमका प्रवक्ता गोइतका अनुसार सिल लगाउने काम पहिला पनि भएको तर त्यो भरपर्दो थिएन। भारतले उपलब्ध गराएको नयाँ लक भरपर्दो भएकाले निगमले त्यस्को थालनी गरेको उनको भनाइ छ।

मजदुरको हड्ताल खुलाउने विषयमा अझै कुराकानी गर्ने निगमको भनाइ छ। प्रवक्ता गोइतले भने, ‘हामी उहाँहरुसँग कुरा गरिरहेका छौं। तर लक लाग्ने कामबाट निगम पछि हट्दैन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?