विर्तामोडका होटलमा किरा परेको मासु

विर्तामोडका होटलमा किरा परेको मासु
+
-

विर्तामोड- झापाको विर्तामोडमा रहेका होटलहरुले किरा परेको मासु विक्री गर्ने गरेको अनुगमन टोलीले फेला पारेको छ।

कृषि विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको अनुगमन टोलीले होटलमा कीरा परेको मासु पकाएर ग्राहकलाई खुवाउने गरेको पाइएको हो।

विर्तामोडमा रहेको होटल गाउँलेले सडेको मासु विक्री गरेको टोलीले भेटेको थियो। भेज तथा नन्–भेजका परिकार बिक्री गर्दै आएको होटलमा औंसा परेको मासु ग्राहकलाई बिक्री गरिरहेको अवस्थामा फेला पारेर टोलीले नस्ट गरेको थियो।

विर्तामोडमा रहेको होटल गाउँलेको भान्‍सामा सडेको मासु। तस्बिर-उमाकान्त खनाल

कुखुराको मासु, माछा र खसीको भुटन भनेर बिक्री गर्दै आएको होटलले हप्तौँदेखिको सड्न लागेको माछामासु बिक्री गरिरहेकाले २४ घण्टाभित्र सम्पूर्ण समान नष्ट गरी सरसफाइ गर्न टोलीले निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक दिनेश ढुङ्गानाका अनुसार गाउँले होटलको भान्सा अत्यन्तै दुर्गन्धित रहेको, अखाद्य बस्तुसमेत बिक्री गरिरहेको, कुहिन लागेको माछा मासु समेत बिक्री भइरहेको पाइएकाले २४ घण्टा भित्र सरसफाइ गर्न निर्देशन दिएको बताएका छन्।

सो अवधिमा सफाइ नभए होटल सञ्चालक विरुद्व मुद्दा चलाइ आवश्यक कारवाही गरिने उनले बताए।होटल सञ्चालक तिलक निरौलाले आफूले गल्ति गरेको स्वीकारेका छन्। उनले अबदेखि सरसफाइमा ध्यान दिने बताए।

विर्तामोडमा रहेको होटल गाउँलेको भान्‍सामा सडेको मासु। तस्बिर- उमाकान्त खनाल

होटल गाउँलेलाई अन्तिम वर्गमा राखिएको छ।अनुगमनका क्रममा बिर्तामोडका ठूला होटलले समेत सरसफाइमा ध्यान नदिएको पाइएको छ। बिर्तामोडको होटल होलिडे होममा अनुगमन गर्दा किचन फोहोर देखिएको, खाने कुरा नछोपी राखिएको, किचनको डष्टविन खुल्लै छाडिएकाले सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ।

होटल होलिडे होम दोस्रो दर्जाको होटलमा परेको छ। त्यस्तै होटल डेनियल र होटल हिकोला हेरिटेजको किचन पनि फोहोर रहेको पाइएको छ। दुवै होटलले भेज र नन् भेज खाने कुरा एकै ठाउँ राखेर बिक्री गरेकोले तत्काल सचेतता अप्नाउन अनुगमन टोलीले निर्देशन दिएको छ।

टोलीले दुवै होटललाई तेस्रो दर्जाको होटलमा सुचीकृत गर्दै स्टीकर समेत टाँसेको छ। यी बाहेक अनुगमनका क्रममा बिर्तामोडका अधिकांश होटलले सरसफाइमा ध्यान नदिएको पाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?