काठमाडौँ- पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का सवार गाडी सुर्खेतमा दुर्घटनामा परेको छ।
पूर्वी छिञ्चुदेखि वीरेन्द्रनगर आउँदै गरेको बा १५ च ८३५४ नम्बरको गाडी भेरीगंगा नगरपालिकास्थित सप्तरीमा दुर्घटना भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार खड्का सकुशल छन् भने उनका सहयोगी प्रहरी नायव निरीक्षक सञ्जीव आचार्य घाईते भएका छन्।
घाइते आचार्यको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ। गाडी अनियन्त्रित हुँदा सडकको भित्तामा ठोक्किएकाले थप क्षति जोगिएको ट्राफिक प्रहरी जवान हरी लामिछानेको भनाइ छ।

भर्खरै
लोकप्रिय






































































































































































































