दुर्घटनामा सामान्य घाइते पूर्वगृहमन्त्री डिस्चार्ज

दुर्घटनामा सामान्य घाइते पूर्वगृहमन्त्री डिस्चार्ज
+
-

सुर्खेत– गाडी दुर्घटनाका कारण घाइते भएका पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का प्राथमिक उपचारपछि डिस्चार्ज भएका छन्। गाडी दुर्घटनाबाट सामान्य घाइते भएका खड्का क्षेत्रीय अस्पताल कालागाउँमा भएको प्राथमिक उपचार पश्चात डिस्चार्ज भएका हुन्। उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्।

छिञ्चुदेखि वीरेन्द्रनगर आउँदै गरेको बा १५ च ८३५४ नम्बरको गाडी भेरीगंगा नगरपालिकास्थित सप्तरीमा दुर्घटना भएको थियो। दुर्घटनामा परी सामान्य घाइते भएका पूर्वगृहमन्त्री खड्कालाई मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा उपचार गरिएको थियो।

‘पूूर्वगृहमन्त्रीको छाती, हात र खुट्टामा सामान्य चोट लागेको थियो,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले भने, ‘शरीरमा चोट लागेको आशंकामा भिडियो एक्सरे गरे पश्चात डिस्चार्ज भइसक्नुभएको छ।’ उनका अनुसार खड्काका सहयोगी प्रहरी नायव निरीक्षक सञ्जीव आचार्यको टाउकोमा चोट लागेको छ।

दुर्घटनाबाट घाइते आचार्यको क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा भएको प्राथमिक उपचार पश्चात माया नसिंङ्ग होममा रिफर गरिएको छ।

गाडी अनियन्त्रित हुँदा सडकको भित्तामा ठोक्किएको हुनसक्ने ट्राफिक प्रहरीको अनुमान छ। दुर्घटनामा गाडीको बायाँ भागमा क्षति पुगेको प्रहरलिे जनाएको छ।

यो पनि पढ्नुहोस्

पूर्वगृहमन्त्री खड्का चढेको गाडी दुर्घटनामा, खड्का सकुशल

पूर्वगृहमन्त्री खड्का चढेको गाडी दुर्घटनामा, खड्का सकुशल

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’