मेची आँखा अस्पतालले आँखाको नानी संकलन गर्दै

मेची आँखा अस्पतालले आँखाको नानी संकलन गर्दै
+
-

विर्तामोड – झापाको विर्तामोडमा रहेको मेची आँखा अस्पतालले बुधबारदेखि आँखाको नानी संकलन गर्ने भएको छ । अन्धोपनलाई न्यूनिकरण गर्नका लागि मृत शरीरबाट आँखाको नानी संकलन गर्ने कार्यक्रम गर्न लागिएको मेची आँखा अस्पतालका निर्देशक डा. पुरुषोत्तम जोशीले बताए ।

अस्पतालमा कार्यरत आँखाको नानी रोग विशेषज्ञहरु डा. विजय भुषाल र डा. अनिका शाहले आँखा नानी संकलन गर्ने कामको नेतृत्व गर्ने अस्पतालका निर्देशक डा. जोशीले जानकारी दिए । संकलन गरिएको आँखाको नानी २४ घन्टाभित्रमा तिलगंगा आँखा अस्पताल काठमाडौंमा रहेको आँखा व्यांकमा पुर्‍याइने उनले बताए ।

आँखाको नानीमा फुलो परेमा कुनै पनि औषधिले काम नगर्ने र एकमात्र उपाय आँखाको नानी प्रत्यारोपण नै भएको आँखा रोग विशेषज्ञ बताउँछन् । जस्का लागि मानिसको मृत्युपछि आँखाको नानी झिकेर दृष्टिबिहीनलाई प्रदान गरिन्छ ।

अहिलेसम्म मेची आँखा अस्पतालले १ सय ५१ जनाको आँखाको नानीको प्रत्यारोपण गरिसकेको छ । प्रत्यारोपण गर्नुपर्दा तिलगंगा अस्पताल काठमाडौंबाट आँखाको नानी ल्याइने मेची आँखा अस्पतालले जानकारी दिएको छ ।

नेपालमा बर्सेनि १० हजार आँखाको नानीको आवश्यक्ता रहेको आँखाको नानी रोग विशेषज्ञ डा. विजय भुषालले बताए। तर एक हजार मात्र आँखा नानी प्राप्त हुने गरेको उनको भनाई छ । उनले आँखा दानका लागि सबैसंग आग्रहसमेत गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?