
काठमाडौँ- साउदी अरेबियाकी ‘नागरिक रोबोट’ सोफिया बुधबार नेपाल आउने भएकी छिन्।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको ‘टेक्नोलोजी फर पब्लिक सर्भिस/डेभलपमेन्ट’ कन्फेरेन्समा वक्ताका रुपमा सहभागि हुन सोफिया आउन लागेकी युएनडिपीकी सञ्चार अधिकृत ऋचा रञ्जितकारले जानकारी दिइन्।
उनले देशसञ्चारसँग भनिन्, ‘संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले देश विकासका लागि विज्ञान प्रविधिले कसरी भूमिका खेल्न सक्छ भन्नेबारे मेयरलगायतका सरकारी अधिकारीलाई जानकारी गराउन सोफिया आउन लागेकी हुन्।’
को हुन् राेबोट सोफिया ?
बुधबार याक एण्ड यति होटलमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले सोफियाको प्रमुख अातिथ्यमा कार्यक्रम आयोजना गरेको छ।
हङकङको ह्यान्सन कम्पनीले बनाएको उक्त रोबोटलाई साउदी अरेबियाले नागरिकता प्रदान गरेको थियो। रोबोट सोफियाले आमा बन्ने चाहना समेत व्यक्त गरिसकेकी छिन्। कुनै पनि देशको नागरिक बन्ने उनको चाहनालाई साउदी अरेबियाले केही समय अगाडिमात्रै पूरा गरेको थियो।
मानिसको हरेक सुख:दुखको क्षणमा पारिवारिक माया, ममताको आवश्यकता पर्ने भएकाले उनलाई सन्तानको आवश्यकता महसुस भएको हो।