अख्तियारद्वारा दुई गाउँपालिकाका कागजात नियन्त्रण

+
-

कालिकोट- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कालिकोटका दुई गाउँपालिकाको कागजात नियन्त्रणमा लिएको छ।

आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले मंगलवार कालिकोटका नहरिनाथ र महावै गाउँपालिकाका कागजात नियन्त्रणमा लिएको हो।

गाउँपालिकामा विकास वजेटमा अनियमितता भएको भन्दै अख्तियारमा परेका उजुरीको अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिइएको आयोगको कार्यालय सुर्खेतले जनाएको छ।

गाउँपालिकामा कार्यविधि विपरित र मनोमानि ढंगवाट कामकाज भइरहेको भनि आयोगमा परेको उजुरी माथि अनुसन्धान थालिएको उप–सचिव जंगबहादुर डाँगीले बताए।

महावै गाउँपालिकामा विकास निर्माणका लागि छुट्याइएको वजेटबाट भ्रमण गरिएको र नरहरिनाथ गाउँपालिकामा पनि कार्यालय व्यवस्थापमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। सोही उजुरी माथि अख्तियारले छानविन थालेको हो।

अनुसन्धानको पहिलो चरणमा काजगपत्र माग गरिएको उनले बताए। गाउँपालिकामा अनियमितता भएको प्रमाण पाइएमा कानुन बमोजिम कारवाहीको प्रक्रियामा अगाडी बढाइने उनले जानकारी दिए। स्थानीय तहमा हुने अनियमितता रोक्न अख्तियारले उजुरी माथि छानबिन थालेको हो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’