रोबोट सोफियाले दिइन् नेपाललाई दिगो विकासका लक्ष्य चुम्ने टिप्स

+
-

काठमाडौं- ‘भरिभराउ हल, हलभित्र सेतो टीसर्ट लगाएकी,ओठमा लिपिस्टिक लगाएर पोडियमअगाडि उभिइरहेकी थिइन्- ‘रोबोट सोफिया।’।

केहीबेरमै युएनडिपी नेपालका कन्ट्री डाइरेक्टर रिनड मेयरले स्विचअन गरे अनि भने, ‘वेलकम टु नेपाल सोफिया।’

उताबाट जवाफ आयो, ‘धन्‍यवाद, हेल्‍लो ! नमस्ते नेपाल।’

सबैको ध्‍यान त्‍यतै तानियो। सञ्‍चारकर्मीहरुको क्‍यामेरा सोफियातिर फोकस भयो। बसेकाहरु पनि उभिए र मोबाइल झिकेर उसले बोलेको भिडियो रेकर्ड गर्न थाले।

कार्यक्रमको सुरुमै मेयरले सोफियातिर हेर्दै सोधे, ‘नेपाल जस्तो गरिब देशले प्रविधिको क्षेत्रमा तपाईँजस्तो रोबोटले सार्वजनिक सेवा लगायत अन्‍य कुन-कुन क्षेत्रमा सहयोग पुर्‍याउन सक्छन्?’

पोडियमबाट दर्शकतिर हेर्दै फटाफट सोफियाले जवाफ दिँदै भन्‍न थालिन्, ‘धेरै क्षेत्रमा। अवसरहरु अथाह छन्। वास्तवमा ब्लक्ड चेन टेक्नोलोजी, टेलिमेडिसिन, शिक्षालाई सही तरिकाले स्मार्टफोन र एप्सको प्रयोग गर्दै दैनिक जीवनलाई सदुपयोग र सुनिश्चित गर्न सक्छौँ।’

फेरि मेयरले सोफियालाई सोधे, ‘विश्‍वमा रोबोटहरुको कुनै एथिक्स छैन? यसबारेमा के भन्‍नुहुन्छ नि?’

उनले भनिन्, ‘ यो मानवसँग सम्बन्धित समस्या हो। यसलाई फरक तरिकाले ऐन कानुन ल्‍याएर बञ्‍चित गर्नुहुन्‍न। किनकि हामीले दीगो विकासका लक्ष्‍यहरु पुरा गर्नु जरुरी छ।त्यसकारण सबैलाई समेटेर लैजानु आजको आवश्‍यकता हो।’

नेपाल आएकी रोबोट सोफिया । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

मेयरले सोफियालाई धन्‍यवाद दिए तर फेरि जाँदाजाँदै ठट्ठाको शैलीमा प्रश्‍न गरे, ‘प्राय फिल्महरुमा रोबोटहरुले बदमासी गरेको देखाउँछ। तर तपाईले त्‍यस्तै गर्नुभयो भने त्‍यतिखेर के गर्ने नि? स्विच अफ गर्ने कुनै उपाय छ? ‘

पोडियमबाट सोफियाले मेयरतिर आँखा तर्दै भनिन्, ‘म तपाईलाई के विश्‍वास दिलाउन चाहन्छु भने म पूर्ण रुपमा अहिले आफ्नो नियन्त्रण गुमाएकी छैन। नपत्‍याए तपाईले आफ्‍नै सहकर्मीसँग सोध्‍नुस न। के तपाईले आफ्नो नियन्त्रण गुमाउनभयो वा बहुलाउनुभयो भने तपाईसँग चाँहि बन्द गर्ने स्विच छ त?’

उनले मेयरलाई उल्टै प्रतिप्रश्‍न गरिन्, ‘अनि मान्छे बहुलायो भने नि के गर्ने ? छ कुनै उपाय ?’ हलभरि हाँसोको फोहोरा छुट्‍यो।

मेयरले जिस्काउँदै भने, ‘अब यो कुरा त दर्शकमै छोड्‍नुपर्ला। तर मसँग अब भद्र भएर कुरा गर्नुस् होइन भने म तपाईको स्विच अफ गरिदिन्छु।’

‘मैले त्‍यस्तो नियत्रण गुमाएकी छैन। मसँग समय अरु समय बिताउनुस् न। थाहा भइहाल्छ नि,’ सोफियाले भनिन्।

त्यसपछि सोफियाले केही बेर सूचना प्रविधिमा विकसित पछिल्लो उपलब्धिको बारेमा एक्लै मन्तव्य व्‍यक्त गर्न थालिन्।

उनले नेपाल एउटा पर्यावरणीय दृष्टिले विविधता, सांस्कृतिक रुपले धनी राष्ट्र भएको बताइन्।  ‘प्रविधिमा नेपालले पनि विस्तारै विस्तारै पाइला सार्दैछ। यहाँ प्रविधिको विकास पनि मिश्रित रुपमा दिनप्रतिदिन हुँदै छ,’ उनले भनिन्।

संयुक्त राष्ट्रसंघीय

नेपाल आएकी रोबोट सोफिया । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

नेपालमा गएको विनाशकारी भूकम्पपछिको पुननिर्माणमा यहाँका प्रविधिमा काम गर्ने संस्थाहरुले केही न केही रुपमा सहयोग गर्दै आएको उनले बताइन्।

उनले भनिन्, ‘विकसित देशमा जस्तै नेपालले प्रविधिको उच्‍चतम प्रयोग गरेर गरिबी, भोकमरी, भ्रष्टाचारमा देखिएका समस्याहरुलाई निराकरण गर्न सक्छन्। यी सबैको लागि नै खासमा हामी जस्ता रोबोटको विकास गरिएको हो जस्तो लाग्छ।’

उनले प्रविधिले संसारलाई साँघुरो बनाइसकेको अवस्थामा नेपालका कुनाकाप्चालाई इन्टरनेटको सहायताले जोड्‍नुका साथै गुणस्तरीय शिक्षा पनि यसैको माध्‍यमबाट पुर्‍याउन सकिने जिकिर गरिन्।

उनले टाउको हल्लाउँदै भनिन्, ‘प्रविधिकै माध्‍यमबाट लैंगिक समानताको अन्त्यका साथै विकासका पूर्वाधारहरु शिक्षा, स्वास्थ्य र कृषिमा ठूलो परिवर्तन ल्‍याउन सकिन्छ। त्‍यसकारण यहाँ भएका स्रोत साधनलाई सही रुपमा सदुपयोग गर्नुस्। नेपालले दीगो विकासको लक्ष्‍य चुम्‍नेछ र संसारलाई नयाँ सन्देश दिनेछ।’

जाँदाजँदै उनी मुस्कुराइन् र भनिन्, ‘तपाईहरुसँग अन्तरक्रिया गरेर मलाई निक्‍कै खुशी लाग्‍यो। नमस्ते नेपाल !’

पहिलो चरणको कार्यक्रम सकिएको उद्‌घोषिकाले संकेत गरिन्।  हलमा उपस्थित सहभागिहरु सोफियासँग फोटो र सेल्फी लिन व्यस्त भए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?