
पोखरा- पोखरा लेखनाथ महानगरपालिका ५ प्रस्याङमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ।
प्रस्याङ स्थित धर्मस्थली माविअगाडि रोकिराखेको ग १ ख ५९९६ बसमा ग१४प २३३ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ बस्ने ४५ बर्षका पानबहादुर क्षेत्रीको मृत्यु भएको हो।
उनी चढेको स्कुटर बागलुङ बसपार्कबाट जिरो किमीतिर आउँदै गर्दा बसको पछाडि भागमा ठोक्किएको थियो। घाइते अवस्थाा रहेका उनलाई उपचारको लागि मेट्रोसिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले बसको मालिकलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक शिव थापाले जानाकारी दिए।