परीक्षार्थीहरुलाई मुसुक्क हाँसेर केन्द्रमा स्वागत

परीक्षार्थीहरुलाई मुसुक्क हाँसेर केन्द्रमा स्वागत
+
-

सुर्खेत– विहीबारदेखि सुरु भएको माद्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीलाई अविरले स्वागत गरिएको छ। विद्यार्थीको आत्मबल बढाउन पुष्पगुच्छा र मुस्कानसहित अबिर लगाएर परीक्षा केन्द्रमा स्वागत गरिएको हो।

सूर्यप्रकाश माध्यमिक विद्यालयका केन्द्राध्यक्ष अमृता बुढाथोकीले परिक्षार्थीको मनोबल उच्च राख्न टीका, अबिर, पुष्पगुच्छा र मुस्कानसहित स्वागत गरिएको बताइन्। भयरहित वातावरणको महसुस हुनेगरी विद्यार्थीहरुलाई स्वागत गरिएको हो। परीक्षार्थीलाई सफलताको कामना दिँदै परीक्षालाई मर्यादित बनाउन उनले आग्रह गरिन्।

विहीबार भएको अंग्रेजी विषयको परीक्षा जिल्लाभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ। कार्यालयका अनुसार नियमिततर्फ तीन हजार चार सय ३२ जना छात्र, तीन हजार ६ सय २७ जना छात्रा गरी जम्मा सात हजार ५९ जनाले परीक्षा दिएका छन्।

नियमिततर्फ ७८ छात्र, ५८ जना छात्रा गरी १ सय ३६ जनाको अनुपस्थित थियो। आंशिकतर्फ दुई सय ७० जना छात्र, तीन सय ४४ जना छात्रा गरी जम्मा ६ सय १४ जनाले परीक्षा दिएका छन्।

यस्तै, आंशिकतर्फ ७८ जना छात्र, एक सय २७ जना छात्रा गरी जम्मा दुई सय पाँच जनाले परीक्षा दिएका छैनन्। नियमिततर्फ सात हजार ५९ जना र आंशिक ६१४ जना गरी सात हजार ६ सय ७३ जनाले परीक्षा दिएका छन्। यस्तै, नियमिततर्फ एक सय ३६ जना र आंशिक तर्फ दुई सय पाँच जना गरी तीन सय ४१ जना विद्यार्थीले परीक्षा दिएका छैनन्। यस वर्षको परीक्षामा जिल्लामा दुई सय ८० जना विद्यार्थीले परीक्षा दिनबाट बञ्चित भएका थिए। यस्तै, जिल्लामा दुई जना विद्यार्थीले कारागारबाट परीक्षा दिएका छन्।

विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका उनीहरुले जेलबाटै परीक्षा दिएका हुन्। एक जना दृष्टिविहीनले एसईई परीक्षा दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतका ३० वटै परीक्षा केन्द्रहरुमा परीक्षा शान्तपूर्ण रुपमा सम्पन्न भएको छ। शुक्रवार अनिवार्य नेपाली विषयको परीक्षा हुँदैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?