एक महिनापछि प्रदेशसभा बैठक आह्वान

एक महिनापछि प्रदेशसभा बैठक आह्वान
+
-

वीरेन्द्रनगर– कर्णाली प्रदेशसभाको बैठक आह्वान गरिएको छ। फागुन १५ गतेदेखि स्थगन भएको बैठक चैत १६ गते (शुक्रबार) दिउँसो १ बजे आह्वान गरिएको हो।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएदेखि स्थगित भएको प्रदेशसभा एक महिनापछि आह्वान गरिएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक कार्यविधि विधेयक संसद सचिवालयमा दर्ता गरेसंगै संसद सचिवालयले बैठक आह्वान गरेको हो। कर्णाली प्रदेशसभा सचिव राजेश पौडेलले प्रदेश राजधानी बाहिर रहेका सबै प्रदेशसभा सदस्यहरुलाई बैठकमा सहभागी हुन जानकारी गराइसकिएको बताए।

प्रदेश सरकारले बनाउने पहिलो ऐनका रुपमा आर्थिक कार्यविधि संसद सचिवालयमा दर्ता भएकाले ऐतिहासिक विषयबस्तुको छलफलमा अनिवार्य सबै सांसदहरुले उपस्थितीका लागि जानकारी दिइएको हो।

संसदले विजनेस नपाएको गुनासो आएसँगै प्रदेश सरकारले आर्थिक कार्यविधि विधेयकसंगै अन्य विधेयकहरु संसद सचिवालयमा दर्ता गर्न लागेको छ । उक्त बैठकमा कर्णाली प्रदेश सभा नियमावली २०७४ समेत संसदमा पेश हुनेछ । सांसद सीता नेपालीको संयोजकत्वमा गठित समितिले मस्यौदा प्रतिवेदन तयार गरिसकेको छ । १६ गतेको बैठकमा आर्थिक कार्यविधि र कर्णाली प्रदेश सभा नियमावली २०७४ संसदमा पेश हुनेछन् । १५ गते बस्ने संसद सचिवायलको बैठकले १६ गतेको बैठकमा पेश हुने कार्यसू्ची तयार गर्नेछ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’