ओली प्रतिष्ठान पुरस्कार सार्वजनिक

ओली प्रतिष्ठान पुरस्कार सार्वजनिक
+
-

विर्तामोड- झापाको भद्रपुर–११ स्थित रुद्र-गौरी, श्री-अम्बिका ओली प्रतिष्ठानद्वारा विभिन्न चार विधामा स्थापित पुरस्कार सार्वजनिक गरिएको छ।

प्रतिष्ठानले बिर्तामोडस्थित ओली वंश प्रतिष्ठानको सभाहलमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरी सो पुरस्कार सार्वजनिक गरेको हो।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीका अनुसार यस वर्षको ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ बैतडीका वैज्ञानिक मदनराज भट्टलाई प्रदान गरिने छ। उक्त पुरस्कारको राशि रु एक लाख एक हजार १११ रहेको छ।

तीन दशकसम्म राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमको मुख्य प्रयोजनकर्ता तथा संयोजकका रुपमा कार्यरत रही गहुँ बालीको विभिन्न जातको विकास गरी कृषि अनुसन्धान तथा प्रविधि प्रशारण कार्यमा उत्कृष्ट योगदान पुर्याएको भन्दै उनलाई सो पुरस्कार प्रदान गर्न लागिएको अध्यक्ष ओलीले बताए।

त्यस्तै यस वर्षको रु एक लाख एक हजार १११ राशिको ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार’ बालकुमारी जिसीलाई प्रदान गरिने छ।

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि सूचना प्रवाह तथा जोखिमस्थितिबाट महिलाको सशक्तिकरण,उद्धार तथा पुनःस्थापनामा उल्लेखनीय योगदान पुर्याएवापत नवलपरासी निवासी जिसीलाई सो पुरस्कार प्रदान गर्न लागिएको उनले जानकारी दिए।

रु एक लाख एक हजार १११ राशिकै ‘अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार’ यस वर्ष साहित्यकार मेघराज मञ्जुललाई प्रदान गरिने छ। सामाजिक चेतना अभिवृद्धिलाई अभियानका रुपमा सञ्चालन गर्दै साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए वापत मञ्जुललाई सो पुरस्कार प्रदान गर्न लागिएको संस्थाका कोषाध्यक्ष नारायण ओलीले जानकारी दिए।

त्यस्तै यस वर्षको रु ५१ हजार १११ राशिको ‘देवी ओली स्मृति राष्ट्रिय वाल पुरस्कार’ सामाजिक क्षेत्रमा क्रियाशील संस्था सिबिआर भक्तपुरलाई प्रदान गरिने भएको छ।

अपाङ्गताको रोकथाम, उपचार तथा पुनःस्थापनामा २०४२ सालदेखि निरन्तर रुपमा लागिपरेर बालबालिकाको हित अधिकार तथा सम्मानयुक्त जीवनयापनका लागि संस्थाले योगदान पुर्याएको भन्दै उक्त संस्थालाई सो पुरस्कारबाट सम्मान गर्न लागिएको हो।उक्त पुरस्कार आगामी वैशाख ४ गते प्रदान गरिने जनाएको छ।

सोही दिन अर्जुनधारा नगरपालिका-१ साधुटारमा रहेको शंकराचार्य पीठ वेद वेदाङ संस्कृत पाठशालालाई एक लाख लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माणका लागि सहयोग गर्ने संस्थाका अध्यक्ष ओलीले बताए।

उनका अनुसार रु १० लाखको लागतमा निर्माण गरिने खानेपानी ट्याङ्की एक वर्षभित्र निर्माण सम्पन्न गरी पाठशालालाई हस्तान्तरण गरिनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?