कपिराइटले डुबाउला है!

कपिराइटले डुबाउला है!
+
-

काठमाडौं- नूतन फिल्म्सको ब्यानरमा ३३ वर्षअघि बनेको फिल्म ‘सम्झना’ले ११ लाख रुपैयाँ कमाएको थियो कि थिएन तर त्यही फिल्ममा समावेश भएको गीतको केही लाइन चोरेको भन्दै निर्माता शम्भु प्रधानले गरेको उजुरीपछि फिल्म ‘कृ’ निर्माण पक्षले उनलाई ११ लाख रुपैयाँ दिएर सहमति गरेको छ।

प्रधानले त्यही गीतका भरमा फिल्मले ठूलो आम्दानी गरेको भन्दै अाम्दानीकै ठूलो हिस्सा माग गर्दै निर्माता सुबास गिरीविरुद्ध काठमाडौं प्रहरी परिसरमा उजुरी गरेका थिए।

निर्माता गिरीलाई प्रहरीले मंगलबार पक्राउ गरी हिरासतमा राखेको थियो। बुधबार बिहानदेखि नै टेकुस्थित काठमाडौं प्रहरी परिसरमा फिल्म निर्माता र निर्देशकको घुइँचो लागेको थियो। ‘सम्झना’का निर्माता प्रधानलाई सहमतिमा ल्याउनमा फिल्मकर्मी लागिपरेका थिए।

‘यसले भविष्यमा सबैलाई सजग गराएको छ’,चेक बुझेपछि प्रधानले भने। कपीराइट अर्थात प्रतिलिपि अधिकार उल्लघंन गरेको आरोपमा यति धेरै पैसा बुझाउनु परेको (मुद्दामा गइनसकेको अवस्थामा) नेपालमा यो सम्भवत: पहिलो घटना हो। ‘कृ’ले आफ्नो फिल्मबाट उक्त गीत अब हटाउनुपर्ने पनि छ।

‘सम्झना’मै अभिनय गरेका नायक भुवन केसी पनि परिसरमा उपस्थित थिए।

नेपाली फिल्म क्षेत्रमा कपि राइट सम्बन्धी मुद्धाहरु उठिरहने गर्छन्। यसअघि छक्कापन्जा फिल्म युटुबमा अपलोड गरेको भन्दै निर्माता दिपकराज गिरीले प्रहरीमा उजुरी गरेका थिए। आरोपित युवकले केही दिनमै आत्महत्या गरेका थिए। प्रहरीको तथ्या‌ंक अनुसार चालु आर्थिक वर्ष देशभर कपिराइट सम्बन्धी तीनवटा मुद्धा दर्ता भएका छन्। जसमध्ये काठमाडौंमा गत पुसमा एउटा मुद्धा दर्ता भएको थियो, फिल्म युटुबमा अपलोड गरेको सम्बन्धमा।

देशभर आर्थिक वर्ष ७१ /७२ मा ३० वटा, ७२/७३ मा ११ वटा र ७३/७४ मा एउटा मुद्धा कपि राइटसँग सम्बन्धित थियो। धेरै उजुरीहरु सहमतीमा टु‌ंगिने गरेका छन्। यस किसिमको मुद्धामा  १० हजारदेखी १ लाखसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?