युवती हत्याकाण्डका दोषीलाई कडा कारबाही माग गर्दै सुर्खेतमा प्रदर्शन

युवती हत्याकाण्डका दोषीलाई कडा कारबाही माग गर्दै सुर्खेतमा प्रदर्शन
+
-

सुर्खेत– पञ्चपुरी नगरपालिका–३ की गोरीकला रोकायाको हत्यामा संलग्न दोषीहरुलाई तत्काल कारवाही गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन्। एसईई परीक्षा दिइरहेकी गोरीकला मंगलवार कोठामा मृत्य भेटिएपछि आक्रोशित बनेका स्थानीयवासीले शुक्रबार प्रदर्शन गरेका हुन्।

गोरीकलाको हत्यापछि आक्रोशित बनेका स्थानीय महिलाहरुले ‘हत्यामा संलग्नलाई फाँसी दे, अपराधीलाई देश निकाला गर’ भन्दै नारावाजी गरेका थिए। उनीहरुले हत्यामा प्रहरीको संलग्नता रहेकाले राजनीतिक ढाकछोप हुने आशंकामा सरकारविरुद्ध पनि प्रदर्शन गरेका थिए।

हत्याको आशंकामा पक्राउ परेको तीन जनामाथि तत्काल आवश्यक छानविन गरी कडाभन्दा कडा कारवाहीको माग गर्दै उनीहरुले शुक्रवार प्रदर्शन गरेका हुन्। पञ्चपुरी नगरपालिका–३ सालकोटका महिलाहरु असुरक्षित भएको भन्दै सुरक्षा प्रत्याभूति गर्न माग गर्दै उनीहरुले इलाका प्रहरी कार्यालयमा बाबियाचौंरमा उनीहरुले प्रदर्शन गरेका छन्।

किशोरीको हत्याले साल्कोटबासी महिलाहरुमा त्रास फैलिएको भन्दै राज्यले दोशीलाई तत्काल कारवाही गर्नुपर्ने स्थानीय गीता बोहराले बताइन्। उनले राजनीतिक संरक्षणमा उन्मुक्ति दिने काम भए दोषीलाई कुनैपनि हालतमा नछोड्ने चेतावनी दिइन्।

सालकोट पैलेटेबाट स्वतन्त्र रुपमा नारावाजीसहित इलाका प्रहरी कार्यालय पुगेका महिलाहरुले सात दिने अल्टिमेटम दिएका छन्। उनीहरुले हत्यामा संलग्नलाई तत्काल सार्वजनिक नगरे प्रदर्शनलाई सशक्त बनाउने बताएका छन्।

प्रहरीले भने घटनाको आवश्यक अनुसन्धान तीव्र पारेको जनाएको छ । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतमा कार्यरत ट्राफिक प्रहरी जवान हरीप्रसाद कोइराला, पञ्चपुरी नगरपालिका–८ माझिगाउँका लक्ष्मी बास्तोला र खुमप्रसाद बास्तोला पक्राउ परेका छन् । उनीहरु माथि विस्तृत अनुसन्धान थालिएको प्रहरी प्रवक्ता श्यामसिं चौधरीले बताए ।

बिद्याज्योति माध्यामिक विद्यालय बाबियचौरबाट एसईई परीक्षामा सहभागी रोकाय मंगलवार डेरामा मृत भेटिएकी थिइन् । गोरीकलाको हत्या भएपछि मानव अधिकारकर्मी, महिला अधिकारकर्मीहरु संघसस्थाहरुले समेत चासो देखाएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?