भुटानी प्रधानमन्त्री तोप्गेको साधारण शैली

भुटानी प्रधानमन्त्री तोप्गेको साधारण शैली
+
-

थिम्पु- भुटानको राजधानी थिम्पुमा मंगलबार शुरु भएको बज्रयान सम्मेलनको समापन कार्यक्रममा भुटानी प्रधानमन्त्री छिरिङ तोप्गे आउने शुक्रबार दिउँसैदेखि चल्दै थियो। विभिन्न ३३ देशका प्रतिनिधिहरु सम्मिलित उक्त सम्मेलनको समापन कार्यक्रमको मुख्य आकर्षण प्रधानमन्त्री तोप्गे नै थिए।

तर प्रधानमन्त्री आउने कार्यक्रममा न कुनै सुरक्षाकर्मी देखिए, न कुनै खानतलासी। शुक्रबार साँझ साँढे पाँच बजेतिर सबै प्रतिनिधिहरुलाई सम्मेलन कक्षमा जान भनियो। सम्मेलन कक्षमा चार दिनसम्मको सारसंक्षेप प्रस्तुत भइरहेको थियो। तर, धेरैको मन त्यस सारसंक्षेप तथा निष्कर्षतिर भन्दा पनि प्रधानमन्त्रीको सम्बोधनको पर्खाइमा थिए।

कसैलाई पनि लागेको थिएन, प्रधानमन्त्री त्यहाँ छन् भन्ने कुरा। कार्यक्रम प्रस्तोताले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै कार्यक्रम अगाडि बढाए। सम्मेलन कक्षको पछाडि बसेकाहरुले प्रधानमन्त्री कतिबेला त्यहाँ आए भन्ने पत्तो पनि पाएनन्।

प्रधानमन्त्री तोप्गे एक साधारण व्यक्तिसरह कार्यक्रममा प्रस्तुत भएका थिए। सामान्यतया प्रधानमन्त्री आउने कार्यक्रममा अघिपछि टन्न सुरक्षाकर्मी होलान् भन्ने अनुमान विपरित तोप्गे उक्त कार्यक्रममा प्रस्तुत भए।

चार दिनसम्मको सम्मेलनको निष्कर्ष उनले ध्यान दिएर सुने। सबैको प्रस्तुतीकरण सुनेपछि अपेक्षा थियो उनको सम्बोधन हुन्छ भन्ने।

धन्यवाद ज्ञापन सुनेपछि सबै आफ्नो सिटबाट उठे। कार्यक्रम सकिएको घोषणा भइसकेपछि प्रधानमन्त्री आफैं मोइक्रोफोन नजिक गए अनि आफ्ना कुरा राख्न थाले।

उनले भने, ‘तपाईंहरु यत्रो टाढाबाट यहाँसम्म आइदिनु भयो। बौद्ध धर्मको प्रचारका लागि तपाईंहरुको योगदान अतुलनीय छ।’ सबैले ताली पिटे।

उनले भ्याएसम्म सबै आगन्तुकसँग भेटे। अत्यन्तै सामान्य जस्ता देखिने प्रधानमन्त्री तोप्गेको शैलीको प्रशंसा गर्दै क्यानडाबाट आएका प्रतिनिधि युजिनले भने, ‘प्रधानमन्त्रीको साधारण शैलीप्रति म प्रभावित भएँ।’ धेरैले भन्दै थिए, ‘प्रधानमन्त्री कार्यालयमा पनि उहाँको शैली यस्तै हो। सेवाग्राहीलाई आफैं सोधीखोजी गरेर सेवा प्रदान गर्नुहुन्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?