कानुन मन्त्री तामाङले बाँझो जग्गा जोतेपछि…

+
-

काठमाडौं – कानुन मन्त्री शेरबहादुर तामाङले सरकारद्धारा उपलब्ध आफ्नो निवासको बाँझो जग्गा जोतेर मुलुकभर जग्गा बाँजो हुन नदिने अभियानको थालनी गरेका छन्।

आफ्नो जग्गा बाँझो छोडेर खाडी मुलुकमा मजदुरीका लागि जाने युवालाई रोक्न र स्वदेशी उत्पादन बढाउनु पर्ने सन्देश दिनका लागि मन्त्री तामाङले लिलतपुर पुलचोकस्थित आफ्नो मन्त्री निवासमा रहेको बाँझो जग्गामा सोमबार मेसिनले जोतेका हुन।


बाँझो जग्गा जोत्न मन्त्री तामाङकी पत्नी एवं प्रदेशसभा सदस्य उसाकला राईले समेत सघाएकी थिइन्। मन्त्री तामाङले राम्रो कामको थालनी आफैबाट हुनु भन्दै जोत्न सुरु गरेका थिए र उनलाई प्राविधिकले बेलाबेलामा सघाए।

‘हामीले मुलुकभरको जग्गा बाँजो हुनु हुन्न भन्ने अभियान थालनी गर्दै छौं । त्यो अभियानमा मेरो पनि साझेदारी रहोस भनेर आफ्नै क्वाटरमा रहेकोबाँझो जग्गामा तरकारी फलाउने मन लाग्यो’, मन्त्री तामाङले जोतेपछि पसना निकाल्दै भने।

केही दिन अघि प्रधानमन्त्री केपी ओलीले आधुनिक कृषी प्रणाली अपनाएर उत्पादन बढाउनु पर्ने भन्दै सरोकारवाला निकायलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीको उक्त निर्देशनलाई आफूले पनि अनुसरण गरेको मन्त्री तामाङले बताए।

‘यसरी दिनभरी जोत्ने हो भने त पाँच हल गोरुले जोत्ने जति सकिदो रहेछ,’ मन्त्री तामाङले आफ्नो बाँझो सबै जग्गा जोतेपछि भने ।


मन्त्री तामाङ सहित त्यहाँ रहेका अन्य मन्त्री क्वाटरलाई हुने गरी बि.टि.एल कम्पनीले जोतखन गर्ने मेसिन प्रदान गरेको छ।

‘नेपालमा एक अरव भन्दा बढी खाद्यन्न आयात गरिन्छ। तर यहाँ भएको जग्गा बाँझो छोडिन्छ । त्यसले राष्ट्र डुबिरहेको छ,’ मन्त्री तामाङले थपे,’ अब परम्परागत कृषी प्रणालीबाट आधुनिकतार्फ हामी जानु पर्छ र मुलुकलाई बचाउनु पर्छ।’मन्त्री तामाङ सोही विषयमा सोध गरिरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?