सुर्खेत-एघार बुँदे विभिन्न माग राख्दै त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेत क्याम्पस शिक्षामा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ।
नेपाल प्रगतिशिल प्राध्यापक संगठन इकाई समिति सुर्खेत क्याम्पस शिक्षाले सोमबार तालाबन्दी गरेको हो।
संगठनले क्याम्पसको हाता भित्र रहेको जग्गा अनाधिकृत रुपमा लामो समयका लागि लिजमा दिएको जग्गा फिर्ता लिनुपर्ने, शैक्षिक गुणस्तरलाई ध्यानमा राखि सेमेस्टर प्रर्णाली लागु गर्न माग गरेको छ।
क्याम्पसका गाडीहरुको दुरुपयोग रोक्नुपर्ने, क्याम्पसलाई बहुमुखी संकायमा लैजानुदैजान भएको निर्णयलाई कार्यान्वयन गर्नेपर्ने माग संगठनले अगाडी सारेको छ।
यस्तै विद्यार्थी कल्याण तथा खेलकुद विभाग, छात्रावासलगायत सम्पुर्ण शाखाहरु सक्रिय र व्यवस्थित बनाउनुपर्ने, आंशिक प्राध्यापकहरुलाई न्यायोचित र सम्मानजनक पारिश्रमिक उपलव्ध गराउनुपर्ने, आईसिटी र विज्ञान संकायका प्रयोगशालाहरु वयवस्थित बनाउनुपर्ने, क्याम्पस प्रशासन भवन वरिपरि रहेका अव्यवस्थित घर–टहरा हटाई उक्त जग्गा वरीपरि पर्खाललगाई सुरक्षित गर्नुपर्ने माग संगठनको छ।
नेपाल प्रगतिशील प्राध्यापक संगठन क्याम्पस ईकाई समितिका अध्यक्ष दीपेन्द्रकुमार खत्रीले प्रागिक क्षेत्रको विकासका लागि तालिम, सेमिनार, गोष्ठीमा वरिष्ठताका आधारमा पठाउन माग गरिएको बताए।
बारम्वार क्याम्पस प्रशासनलाई सल्लाह सुझाव दिँदा समेत लत्याएको भन्दै समस्या समाधान गर्न आग्रह गरे। आफ्ना मागहरु पुरा नभएसम्म क्याम्पसमा लगाइएको ताला नखुल्ने उनले बताए।

भर्खरै
लोकप्रिय






































































































































































































