सुस्तायो पूर्वको हङकङ बजार

सुस्तायो पूर्वको हङकङ बजार
+
-

धुलाबारी-कुनै बेला झापाको धुलाबारीमा रहेको बजारमा भारत, भुटान तथा बंगलादेशका मानिसहरु मात्र नभएर दक्षिण एसियाकै धेरै मानिसहरु आएर किनमेल गर्थे। त्यो बेलामा उक्त बजार पूर्वी नेपालको हङकङ बजार भनेर चिनिन्थ्यो।

मानिसहरु विद्युतीय सामान किन्न होस् वा लत्ता कपडा, धुलाबारी बजार उनीहरुको पहिलो रोजाई बन्ने गरेको थियो। खास गरी क्यामेरा, गाना बजानाका उपकरण तथा विदेशबाट आयात गरिएका लत्ता कपडा किन्‍नका लागि मानिसहरुको धुलाबारी बजारमा भीड लाग्ने गरेको थियो। विदेशी मात्र नभएर स्वदेशी कलाकारहरु समेत उक्त बजारमा किनमेलका लागि आउने गर्थे।

तर एक दशक अघिदेखि उक्त बजार सुनसान बन्दै गएको छ। चीन लगायत अन्य मुलुकहरुबाट सोझै झापाको धुलाबारी बजारमा सामानहरू आयात हुने र सस्तोमा राम्रो सामाग्री यहाँ पाईने हुँदा विदेशी नागरिकको घुईंचो लाग्ने गर्थ्यो।

तर अहिले विदेशबाट आएका सामान नेपालमा भन्दा भारतमा नै सस्तो पाइने भएकाले धुलाबारी बजारको रौनक दिन दिनै घट्दो क्रममा छ।कतिपय व्यापारीहरु धुलाबारी बजार छाडेर भारतको सिलिगुडी पलायन समेत भएको धुलाबारीका एकजना व्यापारी राजिव जैन बताउँछन्।

उनले भने, ‘यहाँबाट अम्बर मार्केट पनि पलायन भयो।त्यस्का मालिकले सिलिगुडीमै पसल खोलेर बसेका छन्। व्यापारी पलायन हुने र बजार सुनसान हुन थालेपछि व्यापार समेत ह्वात्तै घटेको व्यापारीहरुले बताएका छन्। एक दशक अघिसम्म चाडपर्वका बेलामा यहाँका व्यापारीलाई खाना खाने फुर्सद समेत हुँदैन थियो तर अचेल भने ग्राहक सामान किन्न आउँछन् कि भनेर बाटोमै गएर प्रतीक्षा गर्नु पर्ने अवस्था रहेको जैनले बताए।

धुलाबारीमा अर्का पुराना व्यापारी मित्तल श्रेष्ठ विगतका तुलनामा मानिसहरूको चहलपहल घट्नुमा भारतसँगको खुल्ला सिमाना पनि मुख्य कारण भएको बताउँछन्। भारतले चीनबाट सोझै सामान आयात गर्न थालेपछि धुलाबारी बजार सुनसान भएको उनले सुनाए।

तेस्रा देशहरुबाट नेपाल भित्रिने सामानमा सरकारले बढी कर लगाएको र करसहित जोडेर सामान बिक्री गर्दा बढी मुल्य पर्ने र धुलाबारीमा पाईने सामान्य अन्य बजारमा त्यो भन्दा मुल्यमा पाईने भएकाले आन्तरिक ग्राहक पनि घटेको स्थानीय व्यापारीहरु बताउँछन्।

करोडौंको व्यापार हुने बजारमा व्यापारमा आएको मन्दीको कारण यहाँको लगानी झापाका अन्य शहर र भारतीय बजारहरुमा विस्थापित हुँदा व्यापारीलाई मात्र होइन अब स्थानीय तह सञ्चालनमा अप्ठ्यारो हुने व्यापारीहरुको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?