१६ बर्षदेखिको टाउकाको गोली निस्कियो

१६ बर्षदेखिको टाउकाको गोली निस्कियो
+
-

विर्तामोड- माओवादी सशस्त्र संघर्षका क्रममा १६ वर्षदेखि टाउकोमा गोली लिएर बसेकी एकजना महिलाको शल्यक्रिया विएण्डसी टिचिङ हस्पिटलले निःशुल्क गरिदिएको छ। हस्पिटलका न्यूरो सर्जनद्वय डा. पंकज नेपाल र डा. दिनेश थापा नेतृत्वको टोलीले साँढे पाँच घन्टा लगाएर माओवादी पूर्व लडाकु अनुपा राईको टाउकोमा रहेको गोली निकालेको हो।

२०५९ साल बैशख २४ गते भोजपुरको चैनपुर आक्रमणका क्रममा सेनाको बंङ्करमा परी हिलिहाङ गाउँपालिका –७ पाँचथरकी राई घाइते भएकी थिइन्। सशस्त्र संघर्षका क्रममा राईलाई गोली लागेको थियो।

उनको शरीरका दुईवटा गोली निकालिएको न्यूरो सर्जन डा. पंकज शर्माले बताए। टाउकोमा दिमागलाई नै असर गर्ने गरी रहेको एउटा र अर्को घाँटीमा रहेको गोली निकालिएको उनले जानकारी दि।

गत मंगलबार राईको शल्यक्रिया भएको थियो। शल्यक्रियापछि आफू स्वस्थ रहेको राइले बताइन्। आफ्ना लागि निःशुल्क शल्यक्रिया गरिदिएकोमा हस्पिटललाई उनले धन्यवाद दिइन्। राईले भनिन्, ‘मेरो उपचारका लागि यत्रो ठूलो सहयोग गरिदिनु भएकोमा अस्पताललाई धन्यवाद दिन्छु।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?