पर्यटन वर्ष उद्घाटन गर्न ३९ लाख बजेट बिनियोजन

पर्यटन वर्ष उद्घाटन गर्न ३९ लाख बजेट बिनियोजन
+
-

सुर्खेत – कर्णाली प्रदेश सरकारले कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि बजेट बिनियोजन गरेको छ । कर्णाली प्रदेशको चौथो मन्त्रीपरिषद बैठकले पर्यटन वर्ष उद्घाटन कार्यक्रमका लागि ३९ लाख बजेट बिनियोजन गरेको हो ।

त्यसैगरी कर्णाली प्रदेश सरकारको रारामा बस्ने मन्त्रीपरिषद बैठकको एजेण्डा पनि तय गरेको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री एवं सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

बैठकले पर्यटन वर्ष उद्घाटन कार्यक्रमको व्यवस्थापकीय तथा प्राविधिक तयारी सम्बन्धी आवश्यक निर्णय गरेको प्रवक्ता केसीले बताइन् ।

बैठकले प्रधानमन्त्री कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यतालिकामा मौसमका कारण आवश्यक परिमार्जनका लागि अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

आगामी वैशाख १ गतेको मुगुको रारा ताल परिषदबाट प्रधानमन्त्री केपी शर्मा वलीले कर्णाली–रारा पर्यटन वर्ष–२०७५ को उद्घाटन गर्नेछन् ।

उक्त कार्यक्रमको उद्घाटन सँगै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गर्ने कार्य तालिका रहेको छ ।

प्रधानमन्त्री वलीको अध्यक्षतामा कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठक समेत रारामा बस्ने कार्यतालिका छ । कर्णाली–रारा पर्यटन वर्ष–२०७५ को सम्पुर्ण तयारी पूरा भएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।

कार्यक्रम लक्षित गरी सडकको सुधार, होटेल व्यवस्थापन, कार्यक्रम स्थलमा आवश्यक प्रविधि जडानलगायतको सम्पूर्ण तयारी पूरा भएको हो ।

दैनिक एक हजार पर्यटकहरु कर्णाली भित्राउने उद्देश्यले सरकारले पर्यटन वर्ष घोषणा गरेको हो । आगामी वर्षभरि पर्यटकीय सम्पदाको प्रचार–प्रसार गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने सरकारले योजना बनाएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’