रवीन्द्र मिश्रले भने, भ्रष्टाचारको अन्त्य नभई सम्बृद्धि आउँदैन

रवीन्द्र मिश्रले भने, भ्रष्टाचारको अन्त्य नभई सम्बृद्धि आउँदैन
+
-

विर्तामोड- विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले भ्रस्टाचारको अन्त्य नभएसम्म नेपालले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताएका छन्।

झापाको विर्तामोडमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रस्टाचारीहरुको खोजी गरेर दण्डित गर्नसक्ने जनशक्ति भएमा भ्रस्टाचारका घटनामा कमी आउने बताए।

उनले अहिलेसम्म राजनीतिक दलका नेताहरुको भ्रस्टाचार लुकाइदिने मान्छे अख्तियारमा गएका हुनाले अख्तियारले राम्ररी काम गर्न नसकेको बताए। मिश्रले भने, ‘भ्रस्टाचार नियन्त्रण गर्ने हो भने अख्तियारमा काम गर्ने क्षमतावान मानिसहरु नियुक्त गर्नुपर्छ।’

नेपालका सामुदायिक विद्यालयलाई स्तरोन्नति नगरी शिक्षामा गुणस्तर कायम हुन नसक्ने उनले बताए। संसारका धेरै देशहरुमा सामुदायिक विद्यालयहरुको अवस्थाको उदाहरण दिँदै मिश्रले भने, ‘निजी विद्यालय भन्दा सामुदायिक विद्यालयले राम्रो जनशक्ति उत्पादन गर्न सक्छन्। तर त्यहाँ राजनीति घुसाइनु हुन्न।’

उनले देशमा सुशासन र गुणस्तरीय शिक्षा भए मात्र देशको विकास हुने दाबी गरे। उनी झापाका राजनीतिक दलका अगुवा, सामाजिक संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीमाझ बोल्दै थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?