अर्जुनधारा नगरपालिकामा एकै वर्षमा थपिए ५५ वटा पुल

अर्जुनधारा नगरपालिकामा एकै वर्षमा थपिए ५५ वटा पुल
+
-

विर्तामोड- अर्जुनधारा नगरपालिका वडा नं ६ का बासिन्दालाई अन्दुवा खोलामा आउने बाढीले बर्षेनी पिरोल्ने गर्थ्यो। गत सालसम्म बाढीले दुईतिर टापु बनाइदिने गरेकोमा यस बर्ष भने बाढीले केही नगर्ला भन्ने सर्वसाधारणमा आश पलाएको छ।

चालु आर्थिक बर्षको योजनामा उक्त खोलामा ‘बक्स कल्भर्ट’ बनाउने परेपछि उक्त बक्स कल्भर्ट बनाउन नगरपालिकाका इन्जिनियरहरु लगातार खटिए। फलस्वरुप अहिले उक्त कल्भर्टको काम सकिएको छ।

स्थानीयबासी शोभराज बराइलीले उक्त कल्भर्ट बनेपछि सर्वसाधारणमा खुशी छाएको बताए। उनले भने, ‘कैयौं पटक यहाँ बनेको काठका पुल बगायो। हामीलाई पल्लो गाउँमा जान पनि समस्या थियो।’ उक्त पुल ४५ लाख रुपैयाँ नगरपालिकाको लगानी र सर्वसाधारणको श्रमदानमा बनेको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राधाकृष्ण खतिवडाले बताए।

त्यस्तै अर्जुनधारा ६ मै कप्तानबारी होली पुल २६ लाख नगरपालिकाको लागत र जन श्रमदानमा बन्दैछ। उक्त पुलको काम करिब ९५ प्रतिशत सकिएको छ। उक्त वडाका सदस्य अर्जुन मेचेले जनताको प्राकृतिक प्रकोपमा जनतालाई सुरक्षा दिनका लागि नगरपालिकाले काम गरिरहेको बताए।

नगरसभाले पारित गरेको ५५ वटा पुलको निर्माणका लागि सम्झौता भएपछि ति पुलहरुको निर्माणको काम शुरु भएको थियो। अहिलेसम्म २० वटा पुल बनिसकेको नगरपालिकाका इन्जिनियर निरज अधिकारीले बताए। बन्दै गरेका पुलहरुको पनि ९० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको उनले जानकारी दिए। नगरपालिकाले यस बर्ष पुल निर्माणको कामका लागि ४ करोड रुपैयाँ खर्च गरेको छ।

चालु आर्थिक बर्षभित्र साना ठूला गरेर ५५ वटा पुल बनिसक्नु निर्माणको काम प्रमुख उपलब्धी भएको ठान्छन् कर्मचारीहरु। निर्माणाधीन पुलहरुको काम यही जेठ महिनाभित्र सक्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत खतिवडाले बताए। उनले भने, ‘छोटो समयमा यति धेरै काम हुनुमा जनप्रतिनिधि तथा कर्मचारीको मेहनत नै हो। जनताको अपेक्षा अनुरुप काम हुनुपर्छ भन्ने सबैको मनमा भएकाले काम भइरहेको हो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?