कास्कीमा सवारी दुर्घटनाबाट ९ महिनामा ४३ जनाको ज्यान गयो

कास्कीमा सवारी दुर्घटनाबाट ९ महिनामा ४३ जनाको ज्यान गयो
+
-

पोखरा- कास्कीमा आर्थिक वर्ष २०७४/७५ को पछिल्लो ९ महिनामा सवारी दुर्घटनाबाट ४३ जना ब्यक्तिको ज्यान गएको छ ।

हरेक दिन जसो हुने दुर्घटनामा पछिल्लो समय ज्यान जानेको संख्या बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तथ्यांकमा देखिएको छ ।

श्रावण र भाद्रमा ४/४, असोज र कार्तिकमा २/२,  मंसिरमा ३ , पौषमा ६ , माघमा ५ , फागुनमा ८ र चैत्रमा ९ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका हुन्।

९ महिनामा ७० वटा सवारी साधन दुर्घटनामा परेका थिए। यी दुर्घटनामा ६० जना गम्भिर घाईते भएका थिए।  ट्राफिक कार्यालयका अनुसार चालकको लापरबाहीले ५२ र सडकको कारण ४, तिव्र गति १४ गरी ७० वटा सवारी साधन दुर्घटनामा परेका हुन् ।

गत आर्थिक वर्ष २०७३ /२०७४ मा कास्कीमा सवारी दुर्घटनाबाट ५८ जनाले ज्यान गुमाएका थिए भने गम्भिर घाइतेको सख्या ७३ र सामान्य घाइतेको संख्या ३१ रहेको थियो । सो अवधिमा ९९ वटा सवारी साधन दुर्घटनामा परेका थिए ।

सवारी साधनको चाप, मापसे, तिब्र गतिका कारण दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख ऐन बहादुर मल्लले जानकारी दिए । उनले सडक संजालको पूर्वाधार विकास, ट्राफिक सचेतनालाई जोड दिन सके दुर्घटना कम हुने र ट्राफिक नियम उल्लंघन गर्दा मानवीय तथा भौतिक क्षति बढ्दै गएको बताए ।

मल्लले ट्राफिक जनचेतना प्रशिक्षण कार्यक्रम मार्फत विभिन्न स्कुलहरुमा विद्यार्थि , व्यवसायी चालक, परिचालक एवं सर्वसाधरणहरुलाई प्रशिक्षण दिदै आएको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?