प्रदेश ४ मा दुई विधेयक प्रमाणिकरण

प्रदेश ४ मा दुई विधेयक प्रमाणिकरण
+
-

पोखरा- प्रदेश नं. ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका दुई विधेयक प्रमाणिकरण गरेका छन् ।

बैशाख ३ गते प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै प्रमुख कुँवरले ‘प्रदेश स्तरीय सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धी विधेयक’ प्रमाणाणिकरण गरि विधेयक प्रमाणिकरण गर्ने काम सुरु गरेका थिए ।

प्रदेश प्रमुख कुँवरले बुधबार ‘प्रदेश सरकारको प्रदेश नं. ४ को आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको बिधेयक’ प्रमाणिकरण गरेको प्रदेश प्रमुखको कार्यालयले विहिबार प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

प्रदेश सभा प्रदेश नं. ४ पोखराबाट पारित तथा सभामुखबाट प्रमाणित पाँच प्रति बिधेयक प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेपछि एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय र संघिय कानून मन्त्रालयमा एक÷एक प्रति पठाइएको कार्यालयले जनाएको छ ।

प्रदेश सभाले पारित गरेका विधेयकहरु नेपालको संविधान धारा २०१ उपधारा (२) बमोजिम प्रदेश प्रमुखले प्रमाणिकरण गर्नुपर्ने व्यवस्था छ ।

नेपालको संविधान धारा २०१ उपधारा (२) बमोजिम प्रदेश प्रमुखले पन्ध्र दिनभित्र प्रमाणीकरण गरि त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिने व्यवस्था भए पनि प्रदेश प्रमुख कुँवरले विधेयक पाएलगत्तै प्रमाणिकरण गरिदिएर प्रदेश सरकारलाई कानून बनाउन सहज बनाइदिएका छन् । प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बनाउन बाटो खुला हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?