झड्केलो बुबाले गरे दुई बालकको हत्या

झड्केलो बुबाले गरे दुई बालकको हत्या
+
-

काठमाडौँ- बनेश्वरको सुकुम्बासी बस्तीमा भेटिएका दुई बालकको झड्केलो बुबाले हत्या गरेको आशंका गरिएको छ । वैशाख १० गते दुई नाती हराएको भन्दै मामलकी हजुरआमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा जाहेरी दिएकी थिइन् ।

तर हराइरहेका दुई बालकको शव शुक्रबार गाउँलेले घरभीत्रै फेला पारेका हुन् । अर्कैका दुई सन्तान लिएर आएकी महिलासँग दिलिप यादवले विवाह गरेका थिए । दिलिपले गाउँलेलाई आफूले मारेको बताएपनि गाउँलेले वास्ता गरेका थिएनन् । तर गनाउन थालेपछि शुक्रबार घर फोरेर हेर्दा शव फेला पारेका हुन् । तर अहिले दिलिप भने फरार छन् ।

दिलिपले हराएको पहिलो दिननै मारेर फालेको छु भनेको स्थानीयले बताएका छन् । मृतक सन्तानकी आमा भने एक महिना पहिले नै काम गर्न भन्दै विराटनगर गएकी थिइन्। उनले दुई छोरा र एक छोरीलाई बाबु आमासँग छाडेपनि दिलिपले फकाएर दुई छोरा भने लगेका थिए । लगेकै दिन छोराको हत्या गरेको भन्दै दिलिपले श्रीमतीलाई फोन गरेका थिए ।

पहिलेका श्रीमानले कान्छी ल्याएपछि एक छोरी र दुई छोरा लिएर माइत आएकी थिइन् । माइत आएको एक हप्तामै उनले दिलिपसँग विवाह गरेकी थिइन् । दिलिप र उनका बुबाआमा पहिले एउटै घरमा डेरा लिएर बस्थे ।

यस अघिपनि उनीहरुको पटक पटक झगडा हुँदै आएको थियो । दिलिपले श्रीमतीले ल्याएका दुई सन्तानको आफूले हत्या गरेको भन्दै श्रीमतीलाई फोन गरेपछि उनले बुबाआमालाई हेर्न पठाएकी थिइन् । तर दिलिप घरमा नभएकाले प्रहरी र स्थानीयले घर फोडेर हेर्न मानेनन् ।

दिलिपले तेरा छोरा मारिसकें भनेर त्यही दिन फोन गरेको स्थानीयले बताएका छन् । गाउँलेले अहिले पनि दिलिप र उनकी श्रीमतीलाई सम्पर्क गरेका छन् । श्रीमानले आफैं मारेको भनेपनि दिलिपकी श्रीमतीले भने दिलिपले नमारेको बताएकी छन् । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?