गृहजिल्ला झापामा दिनभरि प्रधानमन्त्री ओलीलाई भ्याइनभ्याइ

गृहजिल्ला झापामा दिनभरि प्रधानमन्त्री ओलीलाई भ्याइनभ्याइ
+
-

विर्तामोड- मंगलबार मध्यान्ह १२ बजेतिर भद्रपुर विमानस्थल ओर्लेका प्रधानमन्त्री केपी शर्मा ओली सिधै जिल्ला समन्वय समिति झापाको सभाहलमा आयोजित प्रथम जिल्ला सभामा पुगे। ओली प्रधानमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला झापा आउँदा सभाहल निकै खचाखच थियो। त्यहाँ सम्बोधनका क्रममा उनले विकास र समृद्धिका कुरा बाहेक अन्य राजनीतिक कुरा गरेनन्।

करिब ४५ मिनेट लामो भाषणमा उनको मुखबाट राजनीतिक छेडछाडका कुरा गरेनन्। तर लखनपुरमा प्रस्ताव गरिएको ‘मदन भण्डारी रंगशाला’को नाममा नेपाली कांग्रेस लगायत विभिन्न संस्थाले किचलो निकालेको कुरा चाहीँ भन्न भ्याए।

जिल्ला समन्वय समितिको सभाहलबाट बाहिरिएका प्रम ओलीले विर्तामोड नगरपालिकाको चारपाने चोकबाट राजगढ जाने सडकको शिलान्यास गरे। त्यसपछि उनले अर्जुनधारा नगरपालिकाको लक्ष्मीपुरबाट साधुटार जाने सडकको उद्घाटन गरे।

उक्त सडकको उद्घाटन पश्चात प्रम ओलीले अर्जुनधारा नगरपालिका १ र बुद्धशान्ति गाउँपालिका २ जोड्ने विरिङ खोलामा बन्ने पुलको शिलान्यास गरे। त्यसपछि उनी पश्चिम झापाको पाडाजुँगीदेखि खजुरगाछी जोड्ने सडकको शिलान्यास गर्न पुगे। त्यसपछि अमलडाँगी समयगढ सडक शिलान्यास गर्न प्रम ओली केरखा पुगे।

विरिङ खोलामा बन्न लागेको पुल शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विकासका काममा सहयात्रा गर्न प्रतिपक्षी दलहरुलाई आह्वान गरे।

उनले निरंकुशताविरुद्धको आन्दोलनबाट प्राप्त उपलब्धि आफूहरुले विकासका लागि प्राप्त गरेको हुँदा सबैलाई विना भेदभाव सहभागी गराउनेमा सबैले विश्वस्त हुन अनुरोध गरे।

एक अर्बका योजना उद्घाटन र शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार झापामा एक अर्ब रुपैयाँ भन्दा बढी लागतका विकास निर्माणका कामको उद्घाटन र शिलान्यास गरेका छन्।

मुलुक विकासको चरणमा प्रवेश गरेको धारणा राख्दै आएका प्रधानमन्त्री ओलीले चारपाने–राजगढ, पाढाजुँगी–खजुरगाछी, अमलडाँगी–सोलमारी सडक शिलान्यास गरेका हुन्। ती सडकको लागत  ६७ करोड ९३ लाख रुपैयाँ रहेको छ। ९ करोड ८० लाख रुपैयाँमा निर्माण भएको लक्ष्मीपुर–साधुटार सडकको उद्घाटनपछि प्रधानमन्त्री ओलीले अर्जुनधारा १ सिस्ने र बुद्धशान्ति २ जयपुर जोड्ने २३ करोड ६९ लाख रुपैयाँ लागतको पूल सिलान्यास गरे।

उनले २३ करोड रुपैयाँ लागतको दमक खानेपानीको भोलि उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ। भोलि नै दमक गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गरेर प्रधानमन्त्री ओली काठमाडौं फर्कने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?