मुहार फेर्दै देवकोटा पार्क

मुहार फेर्दै देवकोटा पार्क
+
-

काँकरभिट्टा-पूर्वी सीमा काँकरभिट्टामा रहेको देवकोटा पार्कले स्वरुप फेर्दै गएको छ। केही समय अघिसम्म अव्यवस्थित रहँदै आएको उक्त पार्क अहिले सबैको आकर्षणको केन्द्र बन्न थालेको छ।

केही समय अघि उक्त पार्कमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकको टाउको फुटाएर राखिएको अवस्थामा थियो। त्यसपछि उक्त शालिक भएको स्थानमा स्थानीयबासीले पुनः निर्माणको काम थाले।जस्को परिणाम स्वरुप अहिले त्यहाँको स्थिति परिवर्तन भएको छ।

देवकोटाको शालिकलाई पनि पुनः निर्माण गरेर पूर्ण कदको राखिएको छ।शालिक वरपरका संरचना पनि नयाँ बनाइएको छ। उक्त पार्कको पुनः निर्माणका लागि मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण समिति बनाइएको छ। जसमा १७ लाख रुपैयाँ नगरपालिकाले प्रदान गर्ने र ३ लाख रुपैयाँ स्थानीबासीको सहयोग रहने पार्क निर्माण समितिका अध्यक्ष बालकृष्ण थापाले जानकारी दिए।

उनले भने, ‘पुनः निर्माणको बाँकी काम फेरि हामी सुरु गर्दैछौं। नगरपालिकाको सहयोगबाट यो पार्कले अब मुहार फेर्नेछ।’थापाले देवकोटाको शालिक वरपर बाल उद्यान बनाइने बताए।

बालबालिकाका लागि हिँड्ने बाटो र विभिन्न खेलका बस्तुहरु पनि राखिने उनले जानकारी दिए।पार्कमा महाकवि देवकोटाका मात्र कृतिको पुस्तकालय र कफी हाउस बन्ने उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?