
काँकरभिट्टा- नाइट चेस क्लब काँकरभिट्टाले जेष्ठ १२ देखि १७ गतेसम्म केसीसी राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०७५ आयोजना गर्ने भएको छ।
संस्था स्थापनाको दुई दशकपार गर्दै गर्दा राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता आयोजना गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
प्रतियोगितामा देशभरिबाट करिव एकसय जना खे
प्रतियोगितामा पहिलो हुनेले नगद ५० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले २० हजार लाडीहरुको सहभागिता हुने महासचिव सन्तोष आचार्यले बताए। प्रतियोगिता सम्पन्न गर्न करिव ११ लाख रुपैयाँको लागत अनुमान गरिएको छ।रुपैयाँ पुरस्कार पाप्त गर्ने खेलकुद संयोजक ओमप्रकाश दाहालले जानकारी दिए। उनका अनुसार मुख्य १५ सहित विभिन्न श्रेणीका ३७ वटा विधामा पुरस्कार प्रदान गरिने छ।
यो प्रतियोगिताले मेचीनगरको पहिचानमा नयाँ आयाम थप्ने आयोजकको विश्वास छ। यसअघि क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न बुद्धिचाल प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरिसकेको अध्यक्ष कृष्णकान्त खनियाँले बताए।