प्रदेश चार को संसद अबरुद्ध, गैर संसदीय अभ्यास– प्रदेश सरकार

प्रदेश चार को संसद अबरुद्ध, गैर संसदीय अभ्यास– प्रदेश सरकार
+
-

्पोखरा- प्रदेश ४ संसदको शुक्रबारको बैठक अबरुद्ध हुन पुगेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नयाँ शक्तिका सांसदहरुले बजेट बिनियोजन बिधेयकमाथि छलफल गर्न बसेको बैठकमा बजेटमा असन्तुष्टि जनाउदै अबरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेका हुन् ।

विधेयक पास गर्नका लागि शुक्रबार ३ बजे बैठक डाकिएकोमा अबरुद्ध भएपछी बिधयेक अलपत्र परेको छ । साथै शुक्रबार नै प्रदेश नामाकरण समितिको म्याद थप्ने कायविधि तय भएपनि बिपक्षीको अबरुद्धका कारण सो समेत सम्भब हुन सकेन। बैठक अबरुद्धसँगै स्थगित भए लगत्तै सरकारको तर्फबाट पत्रकार सम्मेलनको आयोजना गरि संसद अबरुद्ध गर्नु गैर संसदीय अभ्यास भएको भन्दै यो कार्यले संसदीय अभ्यासको नै धज्जी उडाएको बताएको छ ।

पत्रकार सम्मेलनमा सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले छापामार शैलिमा संसद अबरुद्ध गर्नु अलोकतान्त्रिक मात्रै नभई जति भत्सर्ना गरे पनि नपुग्ने बताए । जिम्मेवार प्रतिपक्षको भूमिकामा प्रस्तुत भएर संसोधन प्रस्ताव पेश नगरी अबरुद्ध गर्नु संसद नियमावलीको विपरित भन्दै मन्त्री गुरुङले अब आइतबार सम्म सहमतिको खोजि गरि सदन सुचारु हुने र बिधेयक पारित हुने बताए ।

यस अघि बैठकमा बजेटप्रति छलफलमा भाग लिदै विपक्षी दलका संसदले चाहीँ सरकारले जनतालाई झुक्याएको गुनासो गरेका छन् । काँग्रेस सांसद प्रकाशचन्द्र दवाडीले ‘प्रदेश समृद्ध र नमुना बनाउन योजना छनौट गरेर बजेट विनियोजन गर्नुपर्छ । अमुर्त बजेट बाँडेर जनता झुक्याउन पाईंदैन’ उनले भने–‘उत्पादन र आम्दानीका लागि बजेट खै ?’

प्रदेश सरकारले आफ्नै रेडियो र टेलिभिजन चलाउने विषयप्रति पनि उनले कटाक्ष गरेका छन् । गणतन्त्र आएको देशमा सरकारले रेडियो, टिभी नचलाउने भन्दै उनले ब्यवसाय नगर्न सुझाव दिए । गोरखापत्र र नेपाल टेलिभिजनलाई नै नीजिकरण गर्नुपर्ने कुरा उठेका बेला सरकारले आफ्नो मातहतमा सञ्चारमाध्यम सञ्चालन गर्दा जनताका कुराहरु समेटिन नसक्ने उनको भनाई छ । कांग्रेसकै अर्का प्रदेशसभा सदस्य विन्दुकुमार थापाले सरकारले व्यवसाय गरेर बस्न नहुने बताए । ‘मिडिया चलाउन नीजि क्षेत्रलाई दिउँ । सरकारले चलाएर हुँदैन’

उनले भने–‘पहिले पनि मिडिया सञ्चालनमा नअल्झिन सुझाव दिएका हौं तर सरकारले टेरेन ।’

बजेटमाथी छलफल गर्ने क्रममा सांसदहरुले आफ्नो क्षेत्रमा बजेट कम भएको र योजना नसमेटिएको गुनासो गरेका थिए । एमालेका कृष्णबहादुर थापाले ऐतिहासिक बजेटले प्रदेश विकासको ढोका खोलेको प्रतिक्रिया दिए । काँग्रेसका कृष्णचन्द्र नेपालीले नारायणीको कटान रोक्न तत्कालै बजेट ब्यवस्था गरी अध्ययन थाल्न आग्रह गरे । माओबादीका रामजीप्रसाद बरालले सुकुम्बासीको पक्षमा ठोस कार्यक्रम नबनेको बताए ।

जनमोर्चाका कृष्ण थापाले युवा लक्षित कार्यक्रममा सरकारले गम्भीर भएर कार्यक्रम प्रस्तुत गर्न नसकेको बताए । उनले धर्म निरपेक्ष देशको रुपमा संविधानले स्थापित गरिसकेको अवस्थामा बौद्ध र हिन्दु धर्मका गुरुलाई ल्याएर सम्मेलन गर्नु उचित नभएको भन्दै सच्याउन आग्रह गरे । नयाँशक्तिका हरिशरण आचार्यले बजेट सरकारले भनेजस्तो आँखीझ्याल र अर्जुनदृष्टि नभएको बताए । माओवादीकी आशा कोइरालाले पूराना र अधुरा योजनामा सरकारको ध्यान पुग्न नसकेको गुनासो गरिन् ।

बजेटबारे सांसदहरु राजीव पहारी, दीपक कोइराला, प्रभा कोइराला, मनकुमारी गुरुङ, जुनादेवी नेपाली, मीनप्रसाद गुरुङ, दीपक थापा, दोवाटे विश्वकर्मा, विनोद केसी, कोपीला बोहरा, रामबहादुर गुरुङ, मेखलाल श्रेष्ठ, मिना गुरुङ लगायतले आफ्नो सुझाव र समर्थन गरेका थिए । अधिकांशले लक्षित बर्गलाई बजेटले समेट्न नसकेको प्रति गुनासो गरे । गुनासो सुनुवाई गर्दै अर्थमन्त्री किरण गुरुङले सीमित श्रोतलाई भाग लगाउँदा समस्या भएको भन्दै आगामी बजेटको आधार तयार गर्ने गरी मात्रै विनियोजन गरिएको बताए ।

‘राजश्व उठाएर अर्को बर्ष धेरै बजेट बाँडफाँट गरौंला । अहिले यसको कार्यान्वयनमा सघाउनुस् ।’ बजेट कार्यान्वयनको समय धेरै नभएको भन्दै विनियोजित बजेट खर्च गर्ने वातावरण मिलाउन सांसदसँग उनको आग्रह छ । ५ लाख भन्दा तलका योजनाहरु नभएका र सबै कामहरु कार्यविधी अनुसार नै गरिने हुँदा कार्यकर्ता पोस्ने बजेट नभएको उनले बताए । यसअघि सांसदहरुले बजेट कार्यकर्ता पोस्नका लागि आएको टिप्पणी गरेका थिए ।

अर्को एक प्रसंगमा उनले बृद्धभत्तालाई रिप्लेस गरेर सामाजिक भत्ताको रुपमा वितरण हुनुपर्ने बताए ।

‘नेपालमा बृद्धभत्ता खानेले १ पैसा राज्यकोषमा जम्मा गरेको छैन । राज्यकोषमा जम्मा नगर्ने अनि बृद्धभत्ता भनेर बाँढ्ने हो भने मुलुक समृद्ध हुन सक्दैन, उनले भने–सबैले कामै नगरी सुतिसुति खाने हो भने ढुकुटीमा कसले जम्मा गरिदिन्छ ? ढुकुटीमा पैसै नभए मुलुक कसरी समृद्ध हुन्छ ?’ नागरिकता लिएपछि राज्यप्रति कर्तब्यनिष्ठ भएर कर तिर्न पनि मन्त्री गुरुङको आग्रह छ । बजेटमाथी छलफल सकिएपछि मन्त्री गुरुङले विनियोजन विधेयक प्रदेशसभामा पेश गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?