विचार

चरित्रवान व्‍यक्ति निर्माणका लागि परियत्ति शिक्षा

चरित्रवान व्‍यक्ति निर्माणका लागि परियत्ति शिक्षा
+
-

भगवान बुद्धले ४५ वर्षसम्‍म निरन्तररुपले सत्वप्राणीहरुको हित र अनुकम्पाको लागि देशना गर्नुभएको आदि, मध्‍य र अन्त्यमा पनि कल्‍याणकारी बुद्ध वचनरुपी देशना त्रिपिटक ग्रन्थमा सुरक्षित गरिएको छ।

परापूर्वकालमा नौसेनाले डालो (पाली भाषामा पिटकमा) माटो भरी एक अर्कालाई हस्तान्तरण गर्दै जाने कार्यलाई आधार मानेर बुद्ध शिक्षालाई पनि धर्मको डालोमा राखेर एक शिक्षकबाट अर्को सक्षम शिष्‍यलाई मौखिक परम्परा अनुसार भिक्षुहरुले अनिकाल, खडेरी, युद्ध जस्ता हरेक प्राकृतिक र लौकिक विध्‍नबाधालाई पार गर्दै हस्तान्तरण गरिआएको शिक्षा आजहाम्रो सामू हजारौ वर्षपछि जीवित रहनु खुशीको कुरा हो।

त्रिपिटक वुद्धवचन, सुत्तपिटक, विनयपिटक र अधिधम्‍मपिटक गरी ३ भागमा विभक्त गरिएको छ। पिटक भनेको धर्म साहित्‍यको पिटक (डालो) हो।

परियत्ति भनेको बुद्ध वचन त्रिपिटकको अध्‍ययन गर्नुपर्ने सैद्धान्तिक पक्ष हो भने प्रतिपत्ति भनेकव व्‍यवहारिक प्रयोगात्मक पक्ष हो। अनि प्रतिवेध भनेको शुद्धधर्मको अभ्‍यासबाट प्राप्त हुने मार्गफल र निर्वाण हो। परियत्ति शासन भएन भने प्रतिपत्ति शासन हुँदैन। त्‍यस्तै प्रतिपत्ति शासन भए न भने प्रतिवेध हुँदैन।

भगवान बुद्धको एउटा प्रमुख देन भनेकै दु:खको कारणलाई पत्ता लगाएर त्‍यसको निर्मूलताको बाटो देखाइदिनु हो। समाजमा हत्‍या, हिंसा बलात्कार, बलात्कार, चोरी, डकैती, अपहरण, ठगीका घटनाहरु दिनानुदिन बढिरहेको छ।

घरमा श्रीमती, बालबच्चाहरु हुँदाहुँदै पनि अरु केटीहरुसँगको अनैतिक सम्बन्धले ज्‍यानै जानेसम्‍मका घटनाहरु घटिरहेका छन भने धन, सम्पत्तिका लागि मानिसहरु जतिसुकै चीन काम गर्न पछि नपरेका घटनाहरु बढिरहेका छन्।

मापसे चेकिङमा पर्दा जरिवाना तिर्नुपर्छ र दिनभर सचेतना क्लासमा बसेर समय खर्चनु पर्नुहुन्छ भनेर थाहा पाउँदा पाउँदै पनि मापसे कारबाहीमा मानिसहरु परिरखेका छन्।

मादक पदार्थ सेवन गरी सवारी चलाए दुर्घटना भइ आफू र अरुहरुको जीवन पनि बरबाद हुन्छ भनेर थाहा पाएर पनि सवारी चालकहरु मादक पदार्थ सेवन गरी दुर्घटनाको समाचार बनिरहेका छन्।

घरघरमा छोराछोरीहरुलाई अनुसाशनमा राख्‍न गाह्रो भइरहेको अनुभव गरिरहेका छन् आमाबाबुहरुले अहिलेको समयमा। किनकी समाजमा चरित्रवान व्‍यक्तिहरुको खोजी गर्न गाह्रो भइरहेको महसुस गरिहरेका छन्।

रिसको आवेशमा श्रीमान्‌ले श्रीमतिको घाँटी छिनाल्‍दै विभत्स तरिकाले हत्‍या गरिरहेको समाचारहरु विभिन्‍न अनलाइन सञ्‍चारमाध्‍यम, रेडियो, टीभी र पत्रपत्रिका प्रकाशन तथा प्रशारण भइरहँदा सुन्‍नु परिरहेको छ। श्रीमतिहरुले पनि आफ्‍ना श्रीमान्‌हरुलाई छलकपट गरी धन, सम्‍पत्ति कुम्लयाउँदै हत्‍या गरिहरेका घटनाहरु घटिरहेका छन्।

रोजगारी दिन्छु, विदेशमा अध्‍ययन गर्न पठाइदिन्छु भन्‍दै एक नेपालीले अर्को नेपालीलाई प्रत्‍येक दिन लाखौ, करोडौ रुपैयाँ ठगेर बेपत्ता भईदिँदा मानिसहरु मानसिक तनावमा बाच्‍नु परिरहेको छ।

आफूले सिकेका ज्ञानहरुलाई राम्रो कामको सट्टा नराम्रो काममा पठाई छलकपट गर्ने व्‍यक्तिहरु वृद्धि क्षण-क्षणमा वृद्धि भइरहेका छन्।अहिलेका मानिसहरुमा धैर्यता, सहनशक्ति तथा आदर गौरवको भाव कम भइरहेका छन् भने रुखो, घमण्डी स्वभाव तथा कुसंगतमा परी दुर्व्‍यवसनी जस्ता अनैतिक काममा उनीहरु बढी सक्रिय रुपमा लागिरहेका छन्।

भगवान वुद्धको शिक्षा अनुसार समाजमा हुने यस्ता कूकर्महरु आफूले आफूलाई नै कुझ्‍न नसकी राग, द्वेष र मोहलाई नियन्त्रण ग्न नसक्‍नुको कारणले हो। नेपाल बौद्ध परियत्ति शिक्षाको मूल उद्देश्‍य पनि मानिसलाई मनुष्‍यत्वको महत्व बुझाएर एक असल व्‍यक्ति बनी अरुलाई पनि त्‍यस्तै बन्‍नको लागि प्रेरणा दिनु हो।

परियति शिक्षामा विशेष गरेर बालबालिकाहरुलाई केन्द्रित गरेर उनीहरुलाई सानै उमेरदेखि नैतिकताको मार्ग र सही बौद्धिकताको विकास गर्नमा जोड दिइन्छ।

कारण सानो बच्‍चा भनेको कमसल माटो जस्तो हो, यदि तिनीहरुको बाल मष्तिष्कमा राम्रो कुरा भर्न सक्‍यो भने त्‍यसैलाई अनुकरण गरी युवा अवस्था र प्रौढ समयमा पनि आफ्‍नो व्‍यवहार, चरित्रमा सतर्कता अपनाउन सक्षम हुन्छ।

हाम्रा विद्यालयहरुले सिकाउने शिक्षाले विद्यार्थीहरुलाई भाषा, साहित्‍य, कला, विज्ञान, गणित र पेशाहरुको क्षमता वृद्धिको लागि जोड दिइरहेको छ। तर देशका नागरिकहरुले मानव बनाउने शिक्षा दिइरहेका छैनन्।

विद्यार्थीहरु स्कुल, कलेज, क्‍याम्पसको शिक्षा लिएर शिक्षित तथा चलाख भएर पनि कोही विद्यार्थीहरु पनि आमाबुवालाई अपमान गर्ने, गुरुहरुलाई सत्कारसम्‍मान नगर्ने, जाँडरक्सी जस्ता मादक पदार्थ, लागूपदार्थ सेवन गरी झैझगडा गर्ने स्वभावका भइरहेका छन्।

देशमा उच्‍च ओहदामा बसेका शासक र प्रशासकहरु, प्राविधिज्ञहरुमा पनि मानव धर्म तथा मानवोचित सामाजिक व्‍यवहारको अभाव भइ उनीहरु शिक्षित र धनी भएर पनि दु:खी छन्, मानिसले मानिस भै बाँच्‍नको लागि चाहिने काम कर्तव्‍य गर्न असमर्थ छन्।

बौद्ध कहलाउने अधिकांश व्‍यक्तिहरु पनि वास्तविक बुद्धधर्मको रुपरेखाबाट विल्कुल अनविज्ञ भइरहेका छन्, उनीहरु केवल रीतितिथि र अन्धविश्‍वासयुक्त आढम्बरहरुमा मात्र तल्लीन भइरहेका छन्।

आफ्‍ना सन्तानहरुको चरित्र राम्रोव भएको देख्‍न चाहेता पनि बौद्ध नैतिक शिक्षा, परियत्ति शिक्षाको अभावमा अभिभावकहरुले आशा गरेजस्तो व्‍यवहार पाउन सकिरहेका छैनन्।

यस्तो हुनुमा कर्म र कर्मफल सम्बन्धी ज्ञानको कमी र राम्रा कुराहरु सिकी आचरण गर्ने बानीको कमजोरी हो। त्‍यसकारण पनि पनि आज हाम्रो समाजमा, विद्यालयहरुमा परियत्ति शिक्षाको अत्‍यन्त खाँचो भएको छ।

एक असल, नैतिकवान, चरित्रवान, इमान्दार प्रशासक, नेता नागरिकको खडेरीले देशको अवस्था डामाडोल, राजनैतिक विचलन, शान्त होइन आक्रान्त र एकले अर्को विश्‍वास समेत गर्न सकिइरहेको छैन।

जब विकास, अनुसाशन, लगनशीलता, धैर्यता र क्षमता भएका व्‍यक्तिहरु उच्‍च ओहदामा पुग्छन् तब मात्र धेरैले उनीहरुकै माध्‍यमबाट शान्ति, सुख र अमनचयनको अनुभूति गर्न पाउँछन् आम नागरिक र देशले पनि।

तर यहाँ त ठगेर लिने, छलेर लिने, सेटिङमा कुम्‍ल्‍याउने स्वभावका नेता, राष्ट्र सेवक कर्मचारी, पुलिस, प्रशासन, वकिल, पत्रकार, शिक्षक, चिकित्सकलगायत सबै पेशामा यस्तै चरित्र र व्‍यवहारको वीज हुर्किरहेको छ।फलस्वरुपमा त्‍यहाँबाट उत्पादन हुने नयाँ पुस्ता पनि यही पथलाई समातेर आफू पनि निन्दित भइरहेका छन् भने अरुलाई पनि समस्यामा पारिरहेका छन्।

सम्पूर्ण दु:खबाट मुक्त हुन सक्‍ने भगवान बुद्धको उपदेश/शिक्षा सुन्‍ने, सिक्‍ने मौका पाए मात्र त्‍यस अनुसार व्‍यवहारमा उतारी साच्‍चै नै मानव बन्‍न सक्छ। चित्तलाई राम्रो पार्न सके बुद्ध समेत बन्‍ने क्षमता भएको मावन जीवनको सानो उमेरदेखि नै ठूलो परिवर्तन ल्‍याइदिन्छ।

डाका अंगुलिमाल बुद्ध शिक्षा पाएर सज्‍जन बने, ठूलो शोकमा परेर बेहोशी बनेकी पटाचारा बुद्धको मैत्रीपूर्ण एउटै शब्दमा होसमा आउन सकी। आफ्‍नै बुवालाई मारेर पश्‍चातापको ज्वालमा परेर जीवन बिताइरहेका अजातशत्रुको मनमा शान्त पार्न बुद्धको उपदेशले ठूलो मल्हम लगायो।

कलंगको युद्धमा विजय प्राप्त भए पनि देश, राज्‍य जिते पनि मन अशान्त पारिरहेका चण्ड अशोकलाई धर्मशोक महाराजको रुपमा बदल्‍न बुद्धशिक्षाले ठूलो भूमिका निभाएको बिदितै छ। त्‍यसकारण एक जना भगवान बुद्धको प्रार्दुभाव हुने समयमा असंख्‍य देव, ब्रह्‍माहरुको साथै धेरै मानिसहरुले समेत जीवन धन्‍य पारेका हुन्छन्।

त्‍यसकारण सानासाना बालबालिकाहरुले भविष्‍यमा जीवन सफल बनाउनको लागि होशसहितको जीवनयापनको लागि परियत्ति शिक्षाको अध्‍ययन महत्वपूर्ण छ भने जोश जाँगर भए पनि राम्रो संगतमा परी बिग्रन सक्‍ने युवा उमेरमा जीवनमा थप सतर्कता अपनाएर आफू, परिवार, समाज र राष्ट्रलाई समृद्ध पार्न सक्‍ने मानसिक र शारीरीक रुपले स्वस्थ दक्ष जनशक्ति उत्पादन गर्न बुद्ध शिक्षाको अध्‍ययन आवश्‍यकता छ अहिलेको एकाइसौ शताबदीमा।

साधुवाद।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?