प्रदेश ४ को बजेट दुई तिहाई बहुमतले पारित

प्रदेश ४ को बजेट दुई तिहाई बहुमतले पारित
+
-

पोखरा – प्रदेश ४ सरकारले यो चालु आर्थिक वर्षको बाँकी अवधिका लागि ल्याएको बजेट दुई तिहाई बहुमतले पारित गरेको छ । प्रतिपक्ष दलको अवरोधले दुई दिन ढिला भए पनि आइतबार बेलुका दुई तिहाई बहुमतका साथ बजेट पारित भएको हो ।

अर्थमन्त्री किरण गुरुङले १९ गते १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट संसदमा पेश गरेका थिए । एमाले, माओवादी र जनमोर्चाले बजेटको पक्षमा मत दिए भने नेपाली कांग्रेस र नयाँ शक्तिले बजेटको विपक्षीमा मत दिएका थिए ।

प्रतिपक्षी दल कांग्रेस र नयाँ शक्तिले प्रतिपक्षको आवाज सुनुवाइ नभएको र एकतर्फि विकास भन्दा कार्यकर्ता पोस्नेखालको बजेट ल्याएको आरोप लगाउँदै संसद अवरुद्ध गरेका थिए ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रतिपक्षको विचारलाई सम्बोधन नगरी एकतर्फी आफूखुशी बजेट ल्याइएकाले बाध्य भएर अवरोध गर्नुपरेकोे बताए । उनले २०७५/२०७६ को बजेट तर्जुमा गर्न २५ लाख रुपैयाँ विनियोजन वैज्ञानिक नभएको भन्दै प्रश्न उठाएका थिए ।

जवाफमा मन्त्रीले कार्यविधि र नियमविपरीत १ रुपैया पनि तलमाथि नहुने बताए । उनले विरोधका लागि मात्रै विरोध नगरी जिम्मेवार प्रतिपक्ष बन्न आग्रह गरे ।

अर्थमन्त्री गुरुङ्गले प्रतिपक्षलाई सदनको मर्यादामा भित्र रहेर आफ्नो कुरा राख्न आग्रह गरेका थिए । उनले भने ‘सदन भनेको प्रतिपक्षको हो । सत्ता पक्षकालागि त सरकार छ नि । सदनको मर्यादालाई ध्यान दिएर आफ्नो कुरा राख्नुस् ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?