प्रदेश ४

सकियो हिउँदे अधिवेशन, ३६ बैठकमा ८ विधेयक पारित

सकियो हिउँदे अधिवेशन, ३६ बैठकमा ८ विधेयक पारित
+
-

पोखरा – प्रदेश ४ को संसदबाट ३३ दिनमा ३६ बैठक बसि ८ विधेयक पारित भएको छ । संघीयताको नयाँ अभ्यासमा रहेका संसदको २०७४ साल माघ २२ गते बिहान पहिलो सांसदको बैठक बसेको थियो ।

फागुन २ गते माओवादी सांसद नेत्रनाथ अधिकारी सभामुख निर्विरोध निर्वाचित भए । फागुन ६ गते उप सभामुखमा एमालेकी सांसद सृजना शर्मा निर्वाचित भइन् । अर्थ मन्त्री किरण गुरुङ्गले पेश गरेको बजेटमा प्रतिपक्ष दल कांग्रेस र नयाँ शक्तिले वैशाख २० गते प्रदेश सभामा अवरोध सृजना गरेका थिए ।

२०७४ माघ २२ गते सुरु भएको अधिवेशन ३३ दिनमा ३६ पटक बैठक बसेर ८ वधेयक पारित गर्दै सकिएको छ । सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभामुख बाबुराम कुँवरले पठाएको अधिवेशन अन्त्यसम्बन्धी पत्र पढेर सुनाए । सोमबार नै बैठकले स्थानीय तहको सभा सञ्चालन सम्बन्धी विधेयक पारित गरेको छ ।

संसदमा प्रतिनिधित्व गर्ने पाँचवटै दलले प्रदेश ४ लाई उत्कृष्ट र नमुना योग्य बनाउन प्रतिबद्ध भएको बताएका छन् । संघीयताको नयाँ अनुभव भए पनि सिकाइ हुँदै जाँदा अहिले सहज र निर्धक्क कुरा राख्न सक्ने भएको सांसदहरुको अनुभव छ ।

एमालेका मुख्य सचेतक मायानाथ अधिकारीले संघीयताको नयाँ अभ्यासमा नीति नियम तयार गर्दै अघि बढ्दा ब्यवस्थापकीय कठिनाइ भएपनि पहिलो बैठक उपलब्धी मुलक रहेको बताए । प्रदेशलाई समृद्धि बनाउन सानातिना मतभेदलाई बिर्सेर अघि बढ्न अधिवेशन सफल भएको उनको भनाई थियो ।

माओवादी केन्द्रका प्रमुख सचेतक गायत्री गुरुङ्गले नयाँ संघीयताको नयाँ अभ्यासको सिकाइले बिस्तारै परिपक्क बनाउँदै लगेको बताइन् । उनले भनिन् ‘सुरुमा केही कठिनाई भए पनि अहिले सहज बन्दै गएको छ, प्रदेशको समृद्धिका लागि जुट्ने आत्मविश्वास बढेको छ ।’ नीति तथा कार्यक्रम र बजेटले प्रदेशको समृद्धिको बाटो खुलेको भन्दै त्यहि आधारामा प्रदेश सरकार अघि बढ्ने बताइन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक मणिभद्र कँडेलले प्रदेश संसदको पहिलो अनुभव उत्साप्रद रहेको बताए । उनले सरकारमा प्रमुख प्रतिपक्षबाट दिएको सुझावलाई सकारात्मक रुपमा ग्रहण गरेको बताए । उनले भने ‘सरकारलाई जथाभावी सल्लाहकार नियुत्त नगर्न दिएको सुझाव कार्यान्वयन भएको छ ।’ उनले विनियोजन विधेयकमा उठेका प्रश्नलाई पनि मुख्य मन्त्रीले मिलाएर जाने आश्वासान दिएको बताए ।

राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापाले नयाँ अनुभव भएपनि काम गर्दै जाँदा बुझ्ने अवसर मिल्दै गएको बताए । उनले नीति तथा कार्यक्रम र बजेट सन्तोजनक नभएको र प्रदेश भन्दा पनि पोखरा केन्द्रित बजेट आएको आरोप लगाए ।

संसद सचिवालयमा दर्ता भएका २ वटा विधेयक बैठकमै पेश नभएको भन्दै उनले पर्याप्त कानुन बन्न नसकेकोमा असन्तुष्टि व्यक्त गरे । उनले भने ‘यसरी नै सरकार अघि बढ्ने हो भने संघीयता कार्यान्वयन हुने माथि शंका छ ।’

नयाँ शक्ति पार्टीका नेता हरिशरण आचार्यले प्रदेश सभाको पहिलो अनुभवले धेरै कुरा सिकाएको प्रतिक्रिया दिए । उनले नयाँ शक्ति पार्टिले भ्रष्टाचारको निर्मुलिकरण शुशासन युक्त समाजकोलागि भएको भन्दै त्यसकोलागि संसदमा आफुले आवाज उठाउन सफल भएको बताए । उनले भने ‘लोकतन्त्रलाई संस्थागत गर्ने प्रतिपक्षका आवाजको सुनुवाई हुनु पर्छ ।’

हिउँदे अधिवेशनले पुरक बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उत्कृष्ट प्रदेश बनाउने प्रतिबद्धतासहित ८ विधेयक पारित गर्दै सोमबार सकिएको छ । अब क्याबिनेट बिजनेश ल्याएर बैठक डाकेपछि सुरु हुनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?