
जनकपुरधाम- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको पूर्व सन्ध्यामा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सुरक्षा गस्ती बढाएका छन्।
विहीबार साँझदेखि जनकपुरधाममा नेपाली सेनाको बख्तरबन्द गाडीले गस्ती गरिरहेका छन् भने सशस्त्र प्रहरीको संख्या निकै बाक्लो छ। साथमा नेपाल प्रहरीले पनि सुरक्षा गस्ती बढाएको जनकपुरमा खटिएका नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक ठूले राईले बताए।
शुक्रबार विहान करिब सवा दस बजे जनकपुर आइपुग्ने मोदीले रामजानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ। त्यसपछि बाह्रविघा जमिनमा हुने नागरिक अभिनन्दनमा उनी उपस्थित हुनेछन्। उनको कार्यक्रमको प्रत्यक्ष प्रशारणका लागि भारत तथा नेपालका ओवी भ्यानहरुसमेत जनकपुरमा आइपुगेका छन्।
सबै तस्बिरहरु- उमाकान्त खनाल/देश सञ्चार