नेपालको सरकारी वेबसाइट ह्‍याकरको कब्जामा

नेपालको सरकारी वेबसाइट ह्‍याकरको कब्जामा
+
-

काठमाडौं-सूचना प्रविधिले दिनदिनै छलाङ मारिरहँदा नेपालको दर्जनभन्दा बढी सरकारी वेब साइटहरु ह्‍याकरहरुको निसानामा परेका छन्।

वेबसाइट ह्‍याकरहरुले सरकारको आधिकारिक साइटहरुमा चेतावनी शैलीमा प्रवेश गर्दै दर्जनभन्दा बढी वेब साइटहरुलाई आफ्‍नो कब्‍जामा लिइसकेका छन्।

तर सरकारका सम्बन्धित निकाय/मन्त्रालय र विभागहरुले कुनै चासो लिएका छैनन्।

राष्ट्रिय सूचना आयोगका प्रमुख कृष्णहरि बाँस्कोटालाई तपाइको वेबसाइट ह्‍याक भएको छ भन्‍ने सूचना जानकारी दिँदा उनले आफूलाई केही थाहा नभएको बताए। उनले भने, ‘यहाँ त हाम्रो वेबसाइट मज्जाले चलिरहेको छ। खै मलाई थाहा भएन।त्यही पनि मेरो आइटी अफिसरसँग बुझ्छु।’

यस्तै नेपालको आधारिक सरकारी टेलिभिजन एनटीभी डट ओरजी डटएनपीमा ह्‍याकरले बिटक्वाइन राखेर माइनिङ गरिरहेको छ। नेपाल टेलिभिजनको ‘एनटीभी लाइभ‘ खण्डमा बिट क्वाइनको कोड राखेर उनीहरुले यस्तो माइनिङ गरिरहेको साइबर सुरक्षासम्बन्धी अनुसन्धान गर्ने कम्पनी ‘रिगो टेक्नोलोजी’का चिफ टेक्नोलोजी अफिसर  विजय सेनिहाङ ‘लिम्बू’ले बताए।

उनले भने, ‘सरकारी वेबसाइटलाई ह्‍याकरले आफ्नो कब्जमा लिएर बिटक्वाइन माइनिङ गरिहरेको छ। यसले नेपाल टेलिभिजनको वेबसाइट जतिले हेर्छ, ह्‍याकरको कम्‍प्‍युटरमा त्‍यति क्रिप्टो करेन्सी बढ्दै जान्छ।’ उनका अनुसार यसअघि धेरै चर्चित वेबसाइटमा ह्‍याकरले यस्तो सोर्स कोड राखेर विट्कवाइन माइनिङ गरेर पैसा कमाइरहेको छ।

यस्तै गृह मन्त्रालयको वेव साइट खोल्दा पहिलो पटक खुले पनि भित्र जिल्लाका तहहरु भने खुल्‍दैनन्। त्‍यहाँ ह्‍याकरले ह्याक गरेर ‘ ह्‍याक्ट बाइ किङ ज्‍याको‘ लेखेर राखिदिएका छन्।

यस्तै गरी सबैभन्दा धेरै हेरिने लोक सेवा आयोगको सरकारी वेबसाइट पनि ह्‍याक भइसकेको छ। आयोगको साइटमा ह्‍याकरले आफ्नो पहुँच पुर्‍याएर महत्वपूर्ण डाटा, सूचनाहरु चोरी गरिरहेका छन्। त्‍यहा पनि ह्‍याकरले ह्‍याक्ट बाइ ‘किङएसके रुपेलोस डिकल सेक्युरिटी टेक्नोलोजी, ह्‍वाइट ह्‍याट ह्‍याकर्स आर्मी भनेर उल्लेख गरेका छन्।

राष्ट्रिय परीक्षा बोर्डको सरकारी वेबसाइटको हालत पनि त्यस्तै छ। ह्‍याकरले परीक्षा बोर्डको वेबसाइट ह्‍याक गरेर मालवेयर होस्टिङ गरिदिएका छन्। चुरे बोर्डको वेबसाइटमा स्पाम राखिदिएका छन्। यस्तै जल तथा मौसम पूर्वानुमान महाशाखाको पनि आधिकारिक वेबसाइट ह्‍याक गरिएको छ। त्‍यसमा लेखिएको छ, ‘ह्‍याक्ट बाइ सिक्कीडाइ खान टीम सीसी।

ह्‍याक हुने अन्‍य सरकारी वेबसाइटहरु मध्‍यामाञ्‍चल क्षेत्रीय सिँचाइ निर्देशनालय, व्‍यापार तथा लगानी प्रवर्द्धन केन्द्र, वन विभाग, फोहोरमैला व्‍यवस्थापन प्राविधिक सहयोग केन्द्र, कृषि सूचना तथा सञ्‍चार केन्द्र, डिएलएसओ पर्वत, जिल्ला वनस्पति कार्यालय बाँके, सामाजिक सुरक्षा कोष, गाउँपालिका¸ नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोग, सहकारी डिभिजन कार्यालय-ललितपुर, क्षेत्रीय कृषि तालिम केन्द्र, वन विभाग झापा लगायतका रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?