
सोमबार साँझ निधन भएका नेपाली फुटबलका पूर्वकप्तान तथा स्ट्राइकर मणि शाहलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान १० देिख १२ बजेसम्म दशरथ रंगशालामा राखिने भएको छ।
सोमबार साँझ निधन भएलगत्तै उनलाई श्रद्धाञ्जली दिनेहरुको भिड नर्भिक अस्पताल परिसरमा लागेको थियो।
उनी श्रीमती, एक छोरी र आमासाथ कालधारामा बस्थे। ५१ वर्षीय शाहको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने तय भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
उनलाई अन्तिम श्रद्धाञ्जली दिन अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष गणेश थापा, वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, फुटबलर सागर थापालगायत फुटबल क्षेत्रका प्रमुख हस्तीहरु र अन्य फुटबलप्रेमीहरु नर्भिक अस्पताल पुगेका थिए।
शाह कलेजोको समस्याका कारण शनिबार नर्भिक अस्पतालमा भर्ना भएका थिए।