भारतीय पुस्तक पठनपाठन गराउने विद्यालयमा तालाबन्दी

भारतीय पुस्तक पठनपाठन गराउने विद्यालयमा तालाबन्दी
+
-

विर्तामोड- झापाको सूर्योदय अंग्रेजी विद्यालयले राष्ट्रिय स्वभिमानमा आँच पुर्याउने भारतीय पाठ्यपुस्तक पठन पाठन गराएको भन्दै उक्त विद्यालयमा आज ताला लगाइदिएको छ।

युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीको नेतृत्वमा गएको टोलीले उक्त विद्यालयमा तालाबन्दी गरेको हो। संघले विद्यालयमा कार्यरत शिक्षकलाई बर्खास्त गर्नुका साथै विद्यालयले त्रुटी गरेकोमा माफी माग्नुपर्ने सर्त राखेको छ।

भारतीय प्रकाशनका पाठयपुस्तकमा जन्मभूमि भारत, हाम्रो राष्ट्रिय झण्डा तिरंगा झण्डा भन्दै भारतमा पढाइ भए जसरी नै पुस्तक पढाईएको पाइएका कारण दमक नगरपालिकाले पनि स्पष्टिकरण लिएको थियो।

उक्त विद्यालयले १ देखि कक्षा १० सम्म अधिकांश भारतीय पब्लिकेशनका पुस्तक पढाउँदै आएको छ। नगरपालिकाको शिक्षा समितिले स्पष्टीकरण चित्तबुझ्दो नदिए विद्यालय बन्द गर्नेसम्मको कारवाही हुन सक्ने चेतावनी दिएको छ।

उक्त स्कूलले आधारभूत तहमा भारतको दिल्लीस्थित एउटा प्रकाशनको ‘इङ्लिस कन्भरसेसन’का पुस्तकमा राष्ट्रियतामाथि नै आँच आउने किसिमका शैक्षिक सामग्री फेला परेको शिक्षा अधिकृत शालिग्राम काफ्लेले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?