
भद्रपुर- झापाको भद्रपुरबाट काठमाडौंका लागि उडान भरेको सौर्य एयरलाइन्सको ठूलो विमान दुर्घटनाबाट जोगिएको छ।
बिहिबार दिउँसो १ः ५० मा काठमाडौं उडानका लागि उड्न लागेको विमान उड्न लाग्दा रनवेमा चरासँग ठोक्किएको थियो। चरासँग ठोकिएपछि विमानले तत्काल उडान रद्द गरेको चन्द्रगढी नागरिक उड्डयन कार्यालय भद्रपुरले जनाएको छ।
उक्त विमानमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीलगायत ४५ जना काठमाडौं जान लागेका थिए। सौर्य एयरका कारण दुई घण्टासम्म हवाई सेवा अवरुद्ध भएको थियो।