किन ल्याए मोदीले नेपाल भ्रमणमा यति धेरै सुरक्षाकर्मी?

किन ल्याए मोदीले नेपाल भ्रमणमा यति धेरै सुरक्षाकर्मी?
+
-

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमण सकेर स्वदेश फर्किएपछिका केही दिन नेपालको संघीय स‌ंसदमा प्रतिपक्षी दलका नेताहरुले बारम्बार एउटै प्रश्न गरिरहे- के नेपालका सुरक्षाकर्मी पाहुनालाई सुरक्षा दिन सक्षम छैनन्? भारतले जम्बो सुरक्षाकर्मी टोली लिएर आयो?

त्यत्रो ठूलो संख्यामा भारतीय हतियारधारी सुरक्षाकर्मीलाई प्रवेश गर्न दिएर किन नेपालका सुरक्षा निकायलाई ह्युमिलेट गरियो ? भारतसामू सरकार लम्पसार परेको होइन ? यदि पाहुनालाई सुरक्षा दिन सक्दैन भने किन सुरक्षा निकायलाई स्तरोन्नति गरिँदैन? यी प्रश्नहरु अनुत्तरित छन्।

यसअघि नेपालमा भएका केही अति बिशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरुका भ्रमणबारे चर्चा गरौं।

बिल क्लिन्टन अमेरिकी राष्ट्रपति रहँदा तत्कालीन प्रथम महिला हिलारी क्लिन्टनले नेपाल भ्रमण गरेकी थिइन्। त्यतिबेला दुई वटा जहाज लिएर उनी नेपाल आएकी थिइन्। एउटा जहाजमा हिलारीसहित अन्य पाहुना थिए भने अर्को जहाजमा केही गाडी र सुरक्षाकर्मी थिए हतियारसहित।

त्यतिबेला त्रिभुवन विमानस्थलमा कार्यरत एक प्रहरी अधिकारीका अनुसार एक सय भन्दा बढी स‌ंख्यामा अमेरिकी सुरक्षाकर्मी नेपाल आएका थिए हिलारीको सुरक्षाका लागि। त्यही सेरोफेरोमा ब‌ंगलादेशी प्रधानमन्त्री नेपाल आउँदा पनि केही सुरक्षाकर्मी उतैबाट लिएर आएका थिए। तर, हतियार भने विमानस्थलमै रोकिएको थियो। पूर्वजानकारी बिना नै हतियार ल्याइएको पाइएपछि ब‌ंगलादेशका कुटनीतिक नियोगका अधिकारीको रोहबरमा पछि हतियार दिइएको थियो।

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर नेपाल आउँदा केही सुरक्षाकर्मी उतैबाट लिएर आउँछन्। दक्षिण एसियाली क्षेत्रीय सहयोग स‌ंगठन- सार्कको सम्मेलनताका पनि सम्बन्धित देशका प्रतिनिधिले आफूसँगै‌ं सुरक्षाकर्मी पनि लिएर आउँछन्। नेपालका प्रधानमन्त्री तथा राष्ट्रपति विदेश जाँदा पनि केही सुरक्षाकर्मी आफूसाथ लिएर जानु नौलो होइन। नेपाल प्रहरीका एक भूतपूर्व डिआइजी मोदी भ्रमण सम्पन्न भएलगत्तै उताबाट आएका सुरक्षाकर्मीको संख्यालाई लिएर प्रश्न उठाउनु हास्यास्पद भएकाे बताउँछन्।

‘विदेश जाँदा वा नेपाल आउँदा विशिष्ट वा अति विशिष्ट व्यक्तिहरुले आफ्ना केही सुरक्षाकर्मी साथमा लिएर जानु नौलो कुरा होइन। मात्र प्रश्न के हो भने आफूले ल्याउने सुरक्षाकर्मीको संख्या तथा हातहतियारको प्रकाश र संख्याबारे सम्बन्धित देशलाई पूर्व जानकारी हुनुपर्छ’, ती अधिकारी भन्छन्। मोदीले भारतमा अति विशिष्ट ब्यक्तिको सुरक्षामा खटिने स्पेशल प्रोटेक्सन ग्रुप -एसपिजीका करिब एक सय अधिकारीलाई नेपाल लिएर आएको बताइन्छ। तर नेपाल प्रहरीका ती पूर्व डीआईजी कति संख्यामा सुरक्षाकर्मी नेपाल आए भन्ने ठुलो कुरा नभएको बताउँछन्।

भन्छन्- एसपिजी भारतको अत्याधुनिकरुपमा प्रशिक्षित फोर्स हो। नेपालमा मोदीलाई कति सुरक्षा थ्रेट छ भनेर सबै कुराको अाँकलन गरेर उनीहरुले प्लान बनाउँछन् र त्यसै अनुसार नेपाल पठाउँछन्। त्यो स्तरको थ्रेटबारे हाम्रा प्रहरीलाई कम ज्ञान हुन्छ। इमान्दारीपूर्वक भन्ने हो भने एसपिजीको स्तरमा हाम्रा सुरक्षा अधिकारी छैनन्। मोदी भ्रमणका क्रममा उनको सुरक्षाका लागि भारतबाट ८६ जना एसपिजी ल्याइएका थिए।

एसपिजी ब्ल्याक क्याट कमान्डोका नामले पनि परिचित छ। नेपाल प्रहरीमा भिआइपी तथा भिभिआइपीको सुरक्षामा सुरक्षा  निर्देशनालयअन्तर्गतको युनिट छ। ‘पहिलो कुरा हामीले त्यो म्यानपावरलाई अत्याधुनिक तरिकाले प्रशिक्षित गर्नुपर्‍यो। विदेशीलाई आफ्ना मान्छेको सुरक्षाको चिन्ता हुनु र त्यस अनुसारको योजना बनाउनु ठूलो कुरा होइन। त्यसका लागि उनीहरुले हाम्रो सुरक्षा निकायमाथि  विश्वास र भरपर्न सक्ने अवस्था बनाउनु पर्दछ’, ती पूर्वडीआईजी भन्छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?