नेपाल फर्केपछि सन्दीपले भने, ‘मेरो आइपिएल यात्रा अविस्मरणीय’

नेपाल फर्केपछि सन्दीपले भने, ‘मेरो आइपिएल यात्रा अविस्मरणीय’
+
-

काठमाडौँ- इन्डियन प्रिमियर लिगको यो सिजनमा तीनवटा मात्र खेल खेल्न पाए पनि प्रभावशाली प्रदर्शन गरेर फर्केका नेपाली स्पिनर सन्दीप लामिछानेले आफ्नो दिल्लीयात्रा अविस्मरणीय भएको बताएका छन्।

अन्तिमका तीन खेलमा खेल्ने मौका पाएर सानदार प्रदर्शन गरेका सन्दीप लामिछानेले नयाँ दिल्लीबाट मंगलबार अपराह्न फर्केपछि त्रिभुवन विमानस्थलमा भने, ‘ठूल्ठूला खेलाडीसँग खेले पनि नामसँग म कहिल्यै डाउन भइनँ।’

उनले आगामी सिजनमा मलगायत धेरै नेपाली खेलाडीलाई देख्न पाउँ भन्दै नेपालमा धेरै सिनियर खेलाडी भएको बताए।

उनले आगामी मे ३१ मा वेस्ट इन्डिजसँग हुन लागेको नेपालसँगको प्रतिष्पर्धामा राष्ट्रिय टोलीलाई फेरि गर्व गर्न लायक बनाउन पाउँ भनी चाहना पनि व्यक्त गरेका छन्।

आइपिएल यात्रामा आफूले धेरै सिक्न पाएको पनि उनले बताए। ‘धेरै सिक्न पाएँ, नेपाली क्रिकेटका लागि धेरै ठूलो कुरा हो,’ उनले भने।

उनले नेपाली क्रिकेटका पदाधिकारीहरु जिम्मेवार हुनुपर्ने र खेललाई गति दिनुपर्ने पनि बताए। ‘हामीमा पनि त्यो क्षमता छ तर पदाधिकारी जिम्मेवार हुनुपर्‍यो,’ उनले भने।

विमानस्थलमा उनको स्वागतका लागि क्रिकेटका पदाधिकारीहरुसँगै राष्ट्रिय टोलीका वरिष्ठ खेलाडीहरु पारस खड्का, ज्ञानेन्द्र मल्ललगायत उपस्थित थिए।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?