हरियाली बन्ने भो बसुन्धरा पार्क, बीस करोडको योजना

हरियाली बन्ने भो बसुन्धरा पार्क, बीस करोडको योजना
+
-

पोखरा- पोखराको फेवाताल किनारमा रहेको बसुन्धरा पार्कमा केबलकार बनाउने योजना रोक्ने आदेश दिएपछि अब बसुन्धरा पार्क ग्रिन बेल्टको रुपमा सजिने भएको छ।

पार्कलाई व्यवस्थित र आकर्षक बनाउन करिब २० करोडको लागत छुट्टयाइएको छ। शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभागको योजनामा ५ बर्षमा सक्ने गरी यो पार्कको निर्माण सोमबार सुरु गरेको हो।

बसुन्धरा पार्कको स्केच।

आर्थिक वर्ष २०७४/२०७५ मा पार्क निर्माणका लागि ५० लाख रुपैयाँ मन्त्रालयले छुट्याएको छ। अहिले सोही रकमबाट पार्कको पूर्वतर्फको पर्खाल लगाउने कार्य शुरु गरिएको बसुन्धरा कोमागाने पार्क संरक्षण समितिका अध्यक्ष दलबहादुर केसीले जानकारी दिए। उनले विनियोजित रकमबाट पूर्व तर्फको २ सय ५१ मिटर पर्खाल निर्माण कार्य सुरु भएको बताए।

पार्कलाई तीन चरण गरी निर्माण गरिने भएको छ। पार्कमा तीन वटा गेट, शौचालय, टिकट काउन्टर, गार्ड हाउस, ढुङ्गे धारा, बाल उद्धान, रक गार्डेन, रेष्टुरेण्ट, पोखरी निर्माण गरिने बताए। सानो र ठूलो बाटो गरी करिब १ किलोमिटरको बाटो हुने बसुन्धरा कोमागाने पार्क संरक्षण समितिका उपाध्यक्ष नरेश भट्टराईले जानकारी दिए।

प्राकृतिक सम्पदाको रुपमा रहेको बसुन्धरा पार्कको ब्यवस्थित गरी यसको सुन्दरता कायम राख्न बसुन्धरा पार्कमा निस्कने पानीलाई प्राकृतिक रुपमा आउने दिने र फेवातालमा मिसाउने गरी योजना बनाएको उपाध्यक्ष भट्टराईले बताए।

उनले अहिले भएका रुखहरुलाई त्यस्तै नै राखिने र नयाँ सदाबहार रुखहरु पनि रोपेर हरियाली पार्क निर्माण गरिने बताए। करिब २ सय जना क्षमताको रेष्टुरेण्ट ठाउँ ठाउँमा बस्नका लागि कुर्चीहरु, सवारी साधन राख्नका लागि पार्किङको व्यवस्था, बालबालिका र बृद्धबृद्धालाई उपयुक्त हुने गरी बस्ने स्थानको समेत व्यवस्था हुने उनले जानकारी दिए।

फेवाताल संरक्षणका लागि सरकारले २०३८ सालमा १ सय ८ रोपनी जमिन अधिग्रहण गरेको थियो। त्यसयता बसुन्धरा पार्कबाट केबुलकार निर्माण गर्न निजी क्षेत्रलाई दिने सरकार निर्णय विरुद्ध स्थानीय सर्वोच्च अदालतसम्म पुगेका थिए। अदालतले बसुन्धरा पार्कलाई पार्ककै रुपमा विकास गर्न सरकारलाई आदेश दिएपछि अहिले निर्माण कार्य शुरु भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?